• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

एजेन्सी  । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ।

पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड १ हजार १९ पुगेको हो। हालसम्म कोरोना संक्रमणका कारण ७ लाख ३३ हजार ८ सय ९७ जनाको मृत्यु भइसकेको छ भने १ करोड २२ लाख ९ हजार ७४ जना निको भइसकेका छन्। 

संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५० लाख नाघेको छ। त्यहाँ ५० लाख ८५ हजार ८ सय २१ जना संक्रमित भएका छन् भने १ लाख ६३ हजार ३ सय ७० जनाको मृत्यु भइसकेको छ। 

यस्तै, ब्राजिलमा ३० लाख ५७ हजार ४ सय ७० संक्रमित र १ लाख १ हजार ७ सय ५२ को मृत्यु, भारतमा २२ लाख १५ हजार ७४ संक्रमित र ४४ हजार ३ सय ८६ को मृत्यु, रुसमा ८ लाख ९० हजार ७ सय ९९ संक्रमित र १४ हजार ९ सय ७३ को मृत्यु र दक्षिण अफ्रिकामा ५ लाख ६३ हजार ५ सय ९८ संक्रमित र १० हजार ६ सय २१ जनाको मृत्यु भएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर