जनकपुरमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गयो

जनकपुरधाम । जनकपुरधाममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल मातहत रहेको कोरोना (कोभिड–१९) विशेष अस्पतालको आइसोलेसनमा उपचाररत धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

टिबीबाट ग्रसित ती पुरुष स्वास्थ्यमा थप समस्या देखिएपछि साउन ८ गते उपचारका लागि अस्पताल पुगेका थिए। पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो। संक्रमितलाई लामो समयदेखि अत्यधिक ज्वारो आइरहेको अस्पतालका डा.जामुन सिंहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर