• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

गोंगबु हत्या प्रकरणः हत्यापछि एम्बुलेन्स चढेर फरार, शाहीको पक्राउपछि उनको संलग्नताबारे प्रमाण जुटाउँदै प्रहरी

काठमाडौं । गोंगबु हत्या प्रकरणका पक्राउ परेकी कल्पना मुडभरी शाहीको संग्लग्नता बारे प्रहरीले बिस्तृत अनुसन्धान थालेको छ । दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा प्रहरीले चितवनबाट पक्राउ गरेको महिलालाई काठमाडौं ल्याएर अनुसन्धान थालेको छ ।

प्रहरी स्रोतका अनुसार मृतक बोहराको हत्यापछि उनी विहानै डेराबाट एम्बुलेन्स बोलाएर चितवन गएकी थिइन् । प्रहरीले शाहीसहित दुई नाबालक छोराछोरीलाई पनि काठमाडौं ल्याएको छ । 

प्रहरी अनुसन्धानमा गत शनिबार मृतक कृष्णबहादुर शाहीको डेरामा पुगेको पाइएको छ । शाहीकै डेरामा पुगेपछि दुबै जना बिच बिबाद बढेसँगै बोहराको हत्या भएको हुनाले मुख्य पात्र उनै हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।  प्रहरी स्रोतका अनुसार शाहीले घटना आफ्नो कोठामा भएको स्वीकार गरिसकेकी छिन् । घटना किन र कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना भएको उनको कोठा प्रहरीले सोमबार सिल गरेको छ ।

चितवन घर भएकी शाही काठमाडौंमा छोराछोरीसँगै बस्दै आएकी थिइन्। त्यसैले प्रहरीले शाहीको साथमा रहेका छोराछोरीलाई पनि लिएर अनुसन्धानको दायरा बढाएको छ ।

आइतवार काठमाडौंको गोंगबु गणेशस्थान नजिकैको नवज्योति मार्गमा कालो रङको सुटकेसभित्र टाउको र खुट्टा काटिएको शव फेला परेको थियो। त्यसको करिब ३ सय मिटरमा झोलाभित्र खुट्टा र टाउको फेला परेको थियो। एक दिनसम्म शवको पहिचान हुन सकेन । पहिचान हुन नसकेपछि प्रहरीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरे लगतै उनी दाङका कृष्णबहादुर बोहरा भएको खुलेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर