जनजाति आन्दोलनका अगुवा रोकायाको निधन

कर्णाली । आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उहाँको सोमबार वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो । 

जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव रहनुभएका रोकाया सुर्खेतको प्रसिद्ध बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्ष थिए । संविधानसभा निर्वाचनमा उहाँ तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सुर्खेत–२ बाट प्रत्यक्ष उम्मेदवार भएका थिए । उनकै अग्रसरतामा वीरेन्द्रनगर–६ मा बुद्ध सरोवर निर्माण प्रक्रिया शुरु भएको थियो ।

उनका सहकर्मी जीवनकुमार शाक्यले राजनीतिकर्मी, समाजसेवी, सफल व्यवसायीका रूपमा स्थापित रोकायाको निधनले जनजाति आन्दोलनमा ठूलो क्षति पुगेको बताए । “समाजका हरेक क्षेत्रमा सक्रिय उहाँ इमान्दार पनि त्यत्तिकै थिए”, शाक्यले भने, “उनकै नेतृत्व क्षमताकै कारण सुर्खेतमा आदिवासी जनजाति समुदाय एकताबद्ध रह्यो ।”

पाँच वर्षअघि कलेजो प्रत्यारोपण गरी निको भएका उनको पछिल्लो समय मुखको खटिरा क्यान्सरबाट ग्रसित थिए । क्यान्सर भएपछि रोकाया उपचार गरेर घरमै आराम गरिरहेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर