• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जसपाले विज्ञप्तिमा प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति

काठमाडौँ । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रयोग गरेको भाषा र शैली अशिष्ट र पूर्वाग्रही, दुराशयपुर्णभएको भन्दै प्रधानमन्त्री ओलीको सचिवालयले निन्दा र खेद प्रकट गरेको छ ।

प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक वक्तव्य जारी गरेर भनेका छन्।

‘पटक-पटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो’, थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर