• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

समुदायमा संक्रमण देखिएपछि तानसेनमा ३ सय ३५ जनाको स्वाब संकलन [फोटोफिचर]

पाल्पा । पाल्पाको तानसेन नगरपालिकास्थित विशालकी घरमै बसेकी ४० वर्षीय महिलामा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि आज सो क्षेत्रका व्यापारी घरधनी तथा संक्रमित महिलासंग सम्पर्कमा रहेका व्यक्तिहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

तानसेन नगरपालिका र स्वास्थ्य कार्यालय पाल्पाको संयुक्त पहलमा विशालबजारमा ३ वटा बुथमार्फत स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओमप्रकास पन्थीले जानकारी दिए ।

हालका लागि संक्रमित महिलासंगको सम्पर्कमा रहेका तथा उहाँको टोल छिमेकका गरि कूल ३ सय ३५ जनाको नमुना संकलन गरिएको पन्थीले बताए । समुदायमा पहिलो पटक संक्रमण देखिएपछि पाल्पाका स्थानीय त्रसित भएका कारण पनि संक्रमित महिलासंग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरिएको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताए । 

बिशाल बजारमा तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही सहित स्वास्थ्यकर्मी जनप्रतिनिधी तथा संचारकर्मीको समेत पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको नगरपालिका स्वास्थय शाखाले जनाएको छ ।

गत महिनासम्म भारतबाट आउने नागरिकको संख्या उच्च रहेका बेला रेड जोनमा रहेको पाल्पामा हाल दुईजना मात्र संक्रमित हेको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल जिल्लामै पहिलो पटक घरमै बसेकी महिलामा संक्रमण देखिएको हुँदा स्थानीय प्रशासनले बिशाल बजार क्षेत्रलाई शीलसमेत गरेको छ ।

हालका लागि नमुना स्वरुप स्वाब संकलन गरिएको र उनीहरुमध्ये संक्रमण देखिएका मानिसका आधारमा कन्ट्रयाक्ट ट्रसिङ् गरिने स्वाथ्य कार्यालयले जनाएको छ । यस बाहेक जिल्लाका अन्य स्थानीय तहहरुमा समेत समुदायमा कोरोना संक्रमण फैलिएको पत्ता लगाउनका लागि स्वाब संकलन गरि पिसिआर परीक्षण हुँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर