• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जुन संसारका लागि सिनेमा घरहरु बने अब त्यो नै अस्तित्वमा छैन

एक यस्तो समय जहाँ क्वारेन्टिका दौरान मानिसहरु ठूलो संख्यामा आफ्नै घरभित्रै सीमित बन्न पुगे र उनीहरु मनोरञ्जन लिनका लागि टेलिभिजन तथा कम्प्युटर स्क्रिनको प्रयोगलाई अझ बढाउन थाले भने अब आम जनताहरु सिनेमा घर जानेतिर खासै सोचिरहेको देखिँदैन । 

अमेरिका लगायत विश्वभर सिनेमा घरहरु चाँडै नै पुनः खुल्ने क्रममा छन्, तर यिनीहरु न त दर्शकका सुरक्षाको, न फिल्म उद्योग आफैंका लागि सहयोगीको ग्यारेन्टी बन्न सक्नेछन् ।

तपार्इंलाई थाहा नहुनसक्छ, तर केही अमेरिकी फिल्म प्रदर्शकहरु यसै साताबाट सिनेमाहरु खोल्ने योजना बनाइरहेका छन् । यदि तपाईंलाई थाहा छैन भने पनि यो स्वाभाविक हो, किनकि सिनेमा हलहरु पुनः सञ्चालनमा ल्याउने घोषणाहरु विरलै, विरोधाभासी, परिवर्तित छन् र त्यति प्रचारित पनि छैनन् ।

विश्वकै ठूलो अमेरिकी सिनेमा प्रदर्शन श्रृङ्खला कम्पनी ‘एएमसी थिएटर’ले देशभर आफ्ना एक सयबढी सिनेमा घरहरु खोल्ने भएको छ । ‘ब्ल्याक टु द फ्युचर’, ‘दि एम्पायर स्ट्राइक ब्याक’, ‘इन्सेप्सन’ र ‘ब्ल्याक प्यान्थर’ जस्ता पुराना लोकप्रिय ब्लकबस्टर फिल्महरुलाई एएमसी सय वर्ष पुगेको सम्मानमा ‘वर्ष २०२० मा १९२० को मूल्यमा सिनेमा’ नाराका साथ हेरिनेछ । यद्यपि, टिकट जम्मा १५ प्रतिशत मात्रै बिक्रि गरिनेछ ।

त्यसपछि क्रिस्टोफर नोलनको ‘टेनेट’को ३ सेप्टेम्बरमा प्रिमियरसँगै एएमसी थिएटरको पुनः सञ्चालनले एक उडान भर्ने विश्वास राखिएको छ । 

यस घोषणाअघि पुनः सञ्चालनमा ल्याइने निर्णयलाई लिएर दिइएको जानकारी केही भ्रामक थियो । एएमसी प्रतिनिधिहरु १५ जुलाईबाट सुरु हुने भनिएको ‘विभिन्न चरणमा सिनेमा घरहरु पुनः सञ्चालन’को प्रचार गरिरहेका थिए, जुन मिति फेरि ३० जुलाईसम्म पर धकेलियो । त्यसको लगत्तै एएमसीको वेबसाइटमा अर्को मिति ‘अगस्टको मध्यदेखि अन्त्यसम्मा’ भनी तोकियो, अर्थात् ‘अब चाँडै ने खुल्नेछन्’ भन्ने बुझियो । र अब यो मिति ‘सेप्टेम्बर–३’ सम्म पुग्ने देखिन्छ । 

पक्कै पनि यस समयमा यी सबै काट–छाट र परिवर्तन(मिति)बाट अनिश्चिततामा परिरहेका सिनेमा घरहरुका बारेमा तपाईं खासै ध्यान नदिन सक्नुहुन्छ । एक यस्तो समय जहाँ क्वारेन्टिका दौरान मानिसहरु ठूलो संख्यामा आफ्नै घरभित्रै सीमित बन्न पुगे र उनीहरु मनोरञ्जन लिनका लागि टेलिभिजन तथा कम्प्युटर स्क्रिनको प्रयोगलाई अझ बढाउन थाले भने अब आम जनताहरु सिनेमा घर जानेतिर खासै सोचिरहेको देखिँदैन । 

यस अवलोकन ‘सिनेवल्ड’ कम्पनीको ‘मोकी ग्रेइडिन्गर’ जस्ता सिनेमा घर श्रृंखलाका प्रतिनिधिहरुबाट आइरहेका झुटा प्रचारको काउन्टरको रुपमा हेरिएको छ, जस्तो कि उनीहरु भन्छन् ः 

‘हामी फेरि फर्किएकोमा रोमाञ्चित छौं र हालैको सर्वेक्षणहरुबाट थाहा भयो कि धेरैभन्दा धेरै दर्शकहरु सिनेमा घरहरुमा जानका लागि पर्खिरहेका छन् भन्ने कुराले प्रोत्साहन गरेको छ । आगामी साताहरुमा एक बलियो पुष्टिका साथ ‘टेनेट’, ‘मुलन’, ‘अ क्विस्ट प्लेस पार्ट टु’, ‘उन्डर वुमन १९८४’, ‘ब्ल्याक विडो’, ‘बोन्ड’, ‘टप गन म्याभेरिक’ र अन्य थुप्रै सिनेमाहरु, पुरै सिनेवल्ड टिम ‘सिनेमा हेर्नका लागि सबैभन्दा सुरक्षित र उत्कृष्ट ठाउँ’ बनाउनका लागि प्रतिबन्द्ध छ । 

यसमा ध्यान दिनुपर्ने कुरा के छ भने आम जनता सिनेमा घरहरुमा जान कति उत्सुक छन् भन्नेबारे गरिएको कथित सर्वेक्षणहरुले अवास्तविक संख्या कसरी उद्धृत गरेका छन् । र ‘एक सिनेमा हेर्नका लागि सबैभन्दा राम्रो ठाउँ’ भनी उद्धरण चिन्हमा राख्नु मलाई सन् १९५०को दशकका हलिउड स्टुडियो प्रमुखहरुद्वारा व्यक्त गरिएका हताश बनाउने नाराको याद गराउँछ । जो घरमा उपलब्ध आफ्नो नयाँ टेलिभिजन सेटमा मनोरञ्जनका लागि नाटकीय रिलिजका लागि आम दर्शकहरुमाथि आफ्नो पकड राखिराख्ने प्रयास गर्छन् र असफल हुन्छन्ः ‘सिनेमाहरु तपाईंको सर्वश्रेष्ठ मनोरञ्जन हुन् ।’ तर यो नारा लामो समयसम्म चल्न सकेन । 

‘सिनेफिल्स’ नामक कम्पनी अहिले पनि ठूला स्क्रिनमा फिल्म हेरिने बारेमा गहिराईबाट ध्यान दिइरहेको छ, र थुप्रै विभिन्न प्रस्तावित खुलाउने मितिहरुको जाँच गरिरहेको छ । तर, मलाई लाग्छ जब म उत्सुकताका साथ अरुलाई खुल्ने मितिबारे अपडेट गराउँछु, उनीहरुको उदासीनता आश्चार्यचकित पार्ने खालको हुन्छ । पक्कै पनि हामीभध्ये कोही, जो एक राम्रो विशाल स्क्रिनमा सार्वजनिक रुपले फिल्म हेर्नका लागि घरबाट बाहिर निक्लन्छ, त्यहाँ सधंै एक लोकप्रिय र आकर्षक व्यावसाय फस्टाउँछ । 

यदि सिनेमा हलहरुलाई कोभिड–१९ भाइरसबाट सुरक्षित बनाइए मनोरञ्जन लिन पुनः जानका लागि तयार हुने अमेरिकीहरुको संख्या सायद यहाँ हुनसक्छन् । सिनेमा हल श्रृंखलाहरुका प्रतिनिधिहरुले युरोपेली देशहरुमा आफ्ना सिनेमा घरहरु ‘समान्य रुपले चलिरहेको’ अन्तरवार्तामा बताउँछन् । तर पनि अमेरिकी सिनेमा घरहरुको पुनः सञ्चालनसँगै अतिरिक्त स्वास्थ्य सुरक्षा हेरचाह गरिंदैछ, किनकि अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या हाल पनि केही ठाउँमा उच्च छ । 

महामारीका बीच मानिसहरुको प्राकृतिक डरहरुको सामना गर्नका लागि केही मुख्य सिनेमा घर श्रृंखलाहरु पुनः सञ्चालनमा आउनअघि आफ्नो वेबसाइटहरुमा भौतिक दुरीको नियमहरुलाई प्रमुखताका साथ विज्ञापन गरिरहेका छन् । ‘एएमसी थिएटर चेन’ कम्पनी, जो हालै मात्रै ३०० मिलियन डलरको लगानीसँगै टाट पल्टिनुबाट बचेको थियो, उसले आफ्नो वेबसाइटमा ‘एएमसी सिनेमा घरहरुः सुरक्षित र सफा’ नारा अपडेट गरेको छ ।

एएमसीको पुनः खुल्ने नियमहरुले यसका सिनेमा घरहरुले ३० प्रतिशत दर्शक अटाउने सिट सिमित गर्नेछन्, प्रत्येक दुई सीट र दुई लाइनको बीचमा खाली राखिने अनुरोध निर्धारण गर्नेछन् । सिनेमा घरहरुमा ‘सामान्य सतह र उच्च स्पर्श सतह’हरुलाई किटाणुरहित बनाउनका लागि सोहरुका बीचमा अतिरिक्त समय राखिनेछ । 

नोट बिनाको अर्थात् विद्युतीय लेनदेनलाई प्राथमिकता दिइनेछ । प्रत्येक समय कर्मचारीका लागि मास्कको प्रयोग अनिवार्य हुनेछ, लबी तथा शौचालयमा पर्याप्त सहयोगीहरुको आवश्यकता पर्नेछ, तर सिनेमा घरभित्र पेय तथा भोजन खान पाइनेछैन । 

यी प्रतिबन्धहरु तपाईंलाई तबसम्म प्रभावकारी लाग्न सक्छन् जबसम्म चीनमा लागू गरिएको छ । हाल भाइरसबाट प्रभावित सरह बेइजिङ्गबाहेक अन्य शहरमा चीनले सिनेमा घरहरुलाई २० जुलाईबाट भौतिक दुरीको कडा नियमहरुका साथ पुनः सञ्चालनमा ल्याएको छ । सिनेमा घरहरुमा जम्मा ३० प्रतिशत दर्शक उपस्थित हुने र प्रत्येकका बीचमा दुई मिटरको दुरी कायम र प्रत्येकको शरीरको तापक्रमको जाँच सिनेमा घर प्रवेशद्वारमा गरिएको छ । 

दुई घण्टाभन्दा लामो फिल्मलाई प्रदर्शन गरिंदैन । सबै स्थानका कर्मचारी तथा सहयोगीका लागि मास्कको प्रयोग अनिवार्य छ । हरेक समय कर्मचारीको मास्कको सुनिश्चित गर्नका लागि कुनै सुविधा सञ्चालन गरिएको छैन । हरेक शोहरुको बीचमा एक अनिवार्य किटाणुशोधन सरसफाई र आम सतह जहाँ बढी मानिसले छुने गर्छन्, उक्त ठाउँमा दिनमा पाँच पटक सरसफाईको श्रृंखलाहरुको तालिका बनाइएको छ ।

अमेरिकी सिनेमा घरहरुमा उच्च जोखिमको स्तरलाई मध्यनजर गर्दै स्क्रिनिङ क्षेत्रमा मास्क र सामान्य रुपले ‘प्रोत्सानहन गर्ने, तर आवश्यक भएको’ शर्तहरु, क्रिसमसम्ममा दुईमध्ये एक परिणाम आउन सक्ने भविष्यवाणी गर्न कठिन छैन । एकः सिनेमा घरहरु फेरि खुलेपनि लगभग कोही पनि फिल्म हेर्न जाँदैनन्, किनकि सिनेमा घरहरुले उसका केही कर्मचारीहरुका लागि सुरक्षित बनाउँछ, तर बढ्दो हताश प्रदर्शकहरुका लागि निक्कै खराब हुन्छ । 

वा दुईः सिनेमा घरहरु पुनः सञ्चालनमा ल्याउने भनी प्रयोगमा ल्याउन लागिएको क्रिस्टोफर नोलनको ‘टेनेट’ एक हिट हो भने हामी आफैं पनि कोभिड–१९ संक्रमितहरुमा संख्याको परिणाम कल्पना गर्न सक्छौं । त्यस्तै केही घण्टासम्म सिनेमा घरहरुमा मानिसहरुको एक समूह बन्छ, उनीहरु लगातार श्वास लिइरहेका हुन्छन् । उनीहरु धेरैजसो समयमा खान–पान, कुराकानी वा टेक्सटिङ्गका समयमा सधंै झैं मास्क लगाउँदैनन् । यसले सजिलै अझ बढी कोभिड–१९ प्रकोपलाई निम्त्याउँछ । के टिकटको बिक्रीमा कमी वा महामारी वा टाट पल्टिएका कारण सिनेमा घरहरु केही महिनाका लागि फेरि बन्द गर्नु पर्नेछ ?

र प्रदर्शकहरुका लागि यी सबैभन्दा खराब स्थितिहरुका बीच पनि एक अर्को आतंक फैलिएको छ । नयाँ हलिउड फिल्महरुको निर्माण अन्य फिल्मकै जसरी लगभग एक विरामको अवस्थामा छ । पहिले नै सिमित संख्याको घोषणापछि पाइपलाइनमा कुनै नयाँ फिल्म प्रदर्शन भएको छैन । 

घोषणामा भनिएको छ– ‘जति लामो समयसम्म यो जान्छ, टाट पल्टिने र पुनर्गठन हुनेछ र मानिसहरु यस व्यावसायबाट बाहिरिनेछन्,’नेशनल एसाेसिएशन अफ थिएटर उनर्सका अध्यक्ष तथा मुख्य कार्यकारी जोन फिथियन, जो हाल सिनेमा घरहरुका लागि धेरैभन्दा धेरै राष्ट्रिय समर्थनको पैरवी गरिरहका छन्,  उनी भन्छन् , 'तर जबसम्म खोप बन्दैन तबसम्म कुनै नयाँ फिल्म आउने छैनन्, धेरै कम्पनीका लागि यो एक भयानक स्थिति हो ।’

उद्योगको हत्या गर्ने आपत्को विस्तारलाई हेर्दा लामो समयपछि फिल्म उद्योग कसरी काम गर्न गइरहेको छ भन्ने एक पुरानो पुर्नविचार आउँछ । हलिउड अहिले पनि एक वित्तीय संरचनामा अल्झिएको छ जो सन् १९७०को दशकको अन्त्यदेखि सन् १९८०को दशकको सुरुवातमा स्थापित भएको थियो । जतिबेला फिल्म उद्योगले जोखिम फैलाउने कर्पोरेट सम्रहरु अभ्यासहरुको माध्यमबाट आफ्नो कामहरुलाई स्थिर राखेका थिए । 

युसिएलए फिल्म इतिहासकार जोनाथन कुन्त्जले फर्चुन पत्रिकासँगको अन्तरवार्तामा क्रिस्टोफर नोलनको ब्लकबस्टर ‘टेनेट’ले सिनेमा घरहरुलाई पुनः खोल्नका लागि एक चाबी बताएका छन्, ‘सिनेमा जुन विश्वका लागि बनाइएको थियो अब त्यो नै अस्तित्वमा रहेन’ । 

उनी भन्छन्– ‘उनीहरु निक्कै आविष्काशील बन्न गइरहेका छन् र उनीहरु यस फिल्मभन्दा बाहिर के गर्न सक्छन् भनेर निचोर्नका लागि निक्कै चुस्त छन् र सायद यस प्रकारको कोभिड–१९ सिनेमा ब्रम्हान्डका लागि एक प्याटर्न तय गर्न गर्नेछन् जसतर्फ हामी अघि बढिरहेका छौं । यदि उनीहरुले केही गरेनन्, खाली फिल्महरुलाई फिर्ता राखिरहे भने सिनेमा घरहरु मर्नेछन् । सबै कुराहरु बगेर गइरहेका छन् र हामीले धेरैभन्दा धेरै मानिसहरु गुमाउनेछौं, केवल क्रिस्टोफर नोलन मात्रै होइन अन्य थुप्रै महत्पूर्ण व्यक्तिहरु ।’

तर सिनेमा प्रदर्शकहरुलाई चिन्तित पार्ने भयानक कुरा के छ भने वास्तवमा अहिले पनि कति मानिस कोभिड–१९ जोखिम उठाउनका लागि फिल्म–अनुभवलाई ‘महत्पपूर्ण वस्तु’ मान्छन् ? सायद आगामी वर्षौंका लागि ?

‘मुलन’को अमेरिकी प्रिमियरका लागि आफ्नो अन्तिम मिनेटमा परिवर्तनलाई हेर्दा डिज्नीले सिनेमा घर जाने अनुभवहरुको केन्द्रियता विरुद्ध जुवा लगाएको देखिन्छ । यो एक अर्को योजनाबद्ध ब्लकबस्टर डिज्नी फिल्म हो, जसको सुरुवाति प्रदर्शन मिति मार्चमा थियो र त्यसयता थुप्रै पटक प्रदर्शन मितिहरु तोकियो । 

सबैभन्दा नविन घोषणाका अनुसार, ‘मुलन’ अब ४ सेप्टेम्बरमा डिज्नी प्लसमा प्रिमियर गर्नेछ र सस्क्राइबरहरुले ३० डलरको शुल्क तिरेर फिल्म हेर्न सक्नेछन् । डिज्नी सधंै प्रदर्शकहरुका लागि एक मित्र बन्यो, र सिनेमा घरमार्फत प्रिमियर नगर्ने यो साहसिक नयाँ प्रयोगसँगै तपाई उनीहरुलाई ठूलो आवाजमा सुन्न सक्नुहुनेछ ।

-एजेन्सीको सहयोगमा गिता सुब्बाको अनुवाद ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर