• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

निषेधाज्ञाको चौथो दिन, यस्तो देखियो काठमाडौं उपत्यका (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको चौथो दिन आइतबार उपत्यका सुनसान देखिएको छ । 
एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण उपत्यकाका सडकहरु सुनसान देखिएका छन् । अत्यावश्यक बाहेकका सवारीहरु बन्द छन् । खाद्यान्न, तरकारी, फलफूल, खानेपानी, विद्युत सञ्चार लगायतका सवारी सञ्चालनमा रहेका छन् । निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरीले चेकजाँचमा कडाई गरेको छ । उपत्यकामा औषधि र खाद्यान्न बाहेकका अन्य पसल खुलेका छैनन् । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई प्रहरीले सोधखोज गरिरहेको छ ।
अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छोड्ने गरिएको छ । प्रशासनले अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर