• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 10:56 pm

निषेधाज्ञाको चौथो दिन, यस्तो देखियो काठमाडौं उपत्यका (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको चौथो दिन आइतबार उपत्यका सुनसान देखिएको छ । 
एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण उपत्यकाका सडकहरु सुनसान देखिएका छन् । अत्यावश्यक बाहेकका सवारीहरु बन्द छन् । खाद्यान्न, तरकारी, फलफूल, खानेपानी, विद्युत सञ्चार लगायतका सवारी सञ्चालनमा रहेका छन् । निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरीले चेकजाँचमा कडाई गरेको छ । उपत्यकामा औषधि र खाद्यान्न बाहेकका अन्य पसल खुलेका छैनन् । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई प्रहरीले सोधखोज गरिरहेको छ ।
अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छोड्ने गरिएको छ । प्रशासनले अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाका कारण रोकिएको कक्षा १२ को परिक्षा सुरु [फोटोफिचर]

  • ९ मङ्सिर, २०७७

काठमाडौं ।  कोरोनाका कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा मंगलबारबाट सुरु भएको छ ।  देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा

अस्ताउँदो सूर्यको पूजाआराधना गरी यसरी मनाइयो छठ (फोटोफिचर)

  • ५ मङ्सिर, २०७७

काठमाडौं ।  छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइएको छ ।  कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने

यस्तो देखियो रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको भाइटिका [फोटोफिचर]

  • १ मङ्सिर, २०७७

काठमाडौं । पाँच वर्षपछिको सर्वसाधारणले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजा तथा दर्शन गर्न र भाइटीका लगाएका छन् । कोरोना भाइरसको संक्रमणलाई