कर्णाली प्रदेश अस्पतालका ७ जनामा कोरोना संक्रमण, विहीवारदेखि ओपीडी सेवा बन्द

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कार्यरत २ जना कन्सलटेन्ट, ४ जना मेडिकल अफिसर र १ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
उनिहरुमा कोरोना संक्रमण देखिए सँगै कर्णाली प्रदेश अस्पतालको ओपीडी सेवा एक हप्ताको लागि बन्द गरिने कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले समचार दैनिकलाई जानकारी दिए ।

डाक्टर खड्काका अनुसार मंगलवार १ जना र बुधवार ६ जनामा संक्रमण देखिएको हो । ‘एकै चोटी सबैमा कोरोना संक्रमण देखिएको छ संक्रमण देखिएकाहरु सँग नजिक भएकाको पनि पिसिआर परिक्षण गर्ने तयारी गरेका छौ, ‘डाक्टर खड्काले भने’ ‘अब एक हप्ताको लागि अस्पतालको ओपीडी सेवा बन्द हुन्छ,।’
कर्णालीमा पछिल्लो समयमा कोरोना समुदाय स्तरमा पनि भेटिन थालेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर