चितवनमा प्राकृतिक चिकित्साबाट कोरोना संक्रमतिको उपचार शुरु

चितवन । भरतपुर महानगरपालिकाको आइसोलेसनमा प्राकृतिक चिकित्साविधिबाट उपचार थालिएको छ।

भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएर लक्ष्यण नदेखिएकालाई राखेर आइसोलेसन सञ्चालनमा ल्याएको हो।

गएको आइतबारबाट शुरु गरिएको आइसोलेसनमा हालसम्म ३१ जना महानगरवासी रहेका छन्। जसमा १३ जना महिला छन्। अभिभावकसँगै २ र ८ वर्षका दुई बच्चा पनि छन्।उनीहरुमा भने सङ्क्रमण छैन।

चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाका अनुसार आइसोलेसनमा रहेकालाई आवधिक उपवास विधिबाट उपचार थालिएको छ जसका लागि बेलुका ५ बजेबाट बिहान ९ बजे सम्मको समयमा ठोस् पदार्थ खान दिइएको छैन। कोइरालाले भने, ‘भाइरस मारेर ऊर्जा उत्पादन गर्ने प्रक्रिया शुरु गरेका छौँ।’ यस विधिलाई जाइनो फेजी पनि भनिन्छ ।

कोइरालाले यस विधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै बस्ने जानकारी दिए। खाना नखाएपछि शरीरका कोषलाई ऊर्जा पुग्दैन। कोइरालाले भने, ‘कोषले ऊर्जा नपुगेपछि कोषभित्रको भाइरस मारेर ऊर्जा उत्पादन गर्न थाल्छ ।”

प्राकृतिक चिकित्साविधि अन्तर्गत आइसोलेसनमा बसेकालाई बिहान पानीमा मह र कागती मिसाएर दिइन्छ। बिहान ६ बजेदेखि ७ बजेसम्म योग, त्यसपछि योगक्रिया जलनेती, कुञ्जजल र घाँटी कुल्ला गरिन्छ। प्रणायाम, हास्य योग, हल्लायोग, नृत्य योगपछि बिहान ९ बजे खाना खुवाइन्छ।

कोइरालाले सूर्य स्नान गराएर उच्च रक्तचाप, अक्सीजन मापन, धड्कन मापन जस्ता परिक्षणपछि सङ्क्रमितको अवस्थाकोबारेमा गुनासा भए चिकित्सक सहितको टोलीले सुन्ने जानकारी दिए। आइसोलेसनमा रहनेहरुलाई ११ बजे दाल, भात तरकारी सहीतको खाना खाएपछि केही समय आराम गर्न दिइन्छ।

दिउँसो २ बजे मह, कागती पानी खाएपछि साँझ ५ बजे दाल, भात तरकारी सहितको पूर्ण भोजन गर्छन्। साँझ प्र्राथना पछि आ-आफ्नो कला प्रस्तुत गर्दै रमाईलो गर्ने गर्दछन्। साँझ ७:३० देखि ८ बजे सम्म दुध र वेसार खाएर सुत्ने कोईरालाले जानकारी दिए।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आइसोलेसनमा वसेकाहरु निकै खुशी भएको बताए। उनले भने, ‘त्यहाँ रहनुभएकाहरु निकै खुशी भएका छन्। उहाँहरुलाई खुशी वनाएर निको वनाउन सक्दानै हामी सन्तुष्ट हुन्छौँ।’

चिकित्सालयका चिकित्सक एवं कर्मचारीको मिहिनेतले पनि आइसोलेसनमा बस्नेहरु सन्तुष्ट वनेको दाहालको भनाइ छ। त्यहाँ रहेका अन्य भवनहरुको पनि मर्मत सम्भार थालिएको छ। उनका अनुसार सबै मर्मत सम्भार गर्दा २ सय जनासम्म राख्न सकीने छ ।

कम खर्चमा मर्मत सम्भार हुनेलाई पहिलो प्राथमीकतामा राखिएको उनले जानकारी दिए। पहिलो प्राथमिकता महानगरवासी भएको भन्दै उहाँले आपत परे वाहिरकालाई पनि राखिने जानकारी दिए। जिल्लामा आजसम्म सङ्क्रमितको संख्या ८ सय ४७ पुगेको छ। जसमध्ये ५ सय २४ महानगरका छन्। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर