• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 08:20 am

अस्ट्रेलियामा भेटियो ३५० केजीको गोही

डार्बिन । अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५० केजी तौलको रहेको बताएका छन् । 

क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्ट वन्यजन्तु अधिकृत जोन बर्कले फ्लोरा नदीमा विशाल भाले गोही फेला परेको जानकारी दिए । ‘यो गोही यस क्षेत्रमा भेटिएको हालसम्मकै सबैभन्दा ठूलो हो,’ उनले भने । 

तीन वर्षअघि पनि यसै क्षेत्रमा १५.५ फिटको ठूलो गोही फेला परेको थियो । अस्ट्रेलियाले गोहीलाई संरक्षित जनावरको सूचीमा सन् १९७० मा सूचीकृत गरेयता उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको छ । 

पछिल्लो पटक समातिएको उक्त विशाल गोहीलाई प्रजनन केन्द्रमा लगिएको छ । अस्ट्रेलियामा फार्मका रुपमा गोहीपालन गरेर त्यसलाई मासु र छालाका लागि बिक्री गर्न पाउने कानुनी व्यवस्था छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

५० वर्ष पुगिन् विश्वकै ‘हट’ हजुरआमा जीनी, नाति उमेरका केटाले राख्छन् प्रेम प्रस्ताव 

  • १९ असोज, २०७७

एजेन्सी । उमेर एक यस्तो प्रक्रिया हो जसलाई रोक्न कसैले सक्दैन । वास्तविकता यो हो कि, मानिसको उमेरसँगै उसको सुन्दरतामा पनि  कमि आउँछ । तर केही व्यक्ति

प्रयोग भइसकेका लाखौँ कन्डम पखालेर फेरि बिक्री गरिँदै

  • १० असोज, २०७७

 भियतनाम । भियतनाममा प्रयोग भइसकेका ३ लाख २० हजार वटा कन्डमहरु फेरि बिक्रीका लागि प्याकिङ गरिराखेको अवस्थामा भेटिएको छ । यहाँको प्रहरी छापा मार्ने

गर्भमा रहेको बच्चाको लिङ्ग पत्ता लगाउन एक व्यक्तिले हसियाले गर्भवती श्रीमतीको पेट काटे !

  • ६ असोज, २०७७

एजेन्सी । भारतको उत्तर प्रदेशको बुडाउनमा एक व्यक्तिले गर्भमा रहेको शिशुको लिङ्ग पत्ता लगाउन हसियाले आफ्नी गर्भवती श्रीमतीको पेट काटेको छन्