धरानमा कोरोना संक्रमित ४३ वर्षिया महिलाको मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार विराटनगर ११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार बेलुका साढे ६ बजे मृत्यु भएको हो । महिलालाई बिहीबार बिहान पौने ११ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । महिलामा विगत ४ वर्षदेखि उच्च रक्तचापको समस्या थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर