झिलझिले प्रकरण : भेट्न बोलाएर यसरी गरियो योजनावद्ध हत्या

यस्तो छ घटनाको नालीबेली 

झापा । झापाको शिवसताक्षी नगरपालिकाका २९ वर्षीय युवा गोमनसिंह मगरको हत्यारा सार्वजनिक गरिएको छ । गत मंगलबार साझ देखी बेपत्ता मगरको शब बुत्रबार स्थानीय रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा फेला परेको थियो ।

शव फेला परेपछि प्रहरीले संघीय प्रहरी ईकाई धरानबाट तालिमप्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान सुरु गरेको थियो । 

यस्तो छ घटनाको नालीबेली
मंगलबार साँझ गोमनसिंह मगरको मोबाएलमा फोन आउँछ । उनलाई फोन गर्ने ब्यक्ती मगरले चिनेका र आफ्नै साथी हुन्छन् । जिल्ला प्रहरी कार्यालय, झापाका एक अनुसन्धान अधिकृतले बताए अनुसार मगरले नयाँ नम्बरबाट फोन गरेर लिम्बुलाई भेट्न बोलाएका थिए । 

मंगलबार साँझ ६ बजे प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकलमा घरबाट निस्किएका मगरलाई आरोपी लिम्बुले शिवसताक्षी बजारमा भेटेको पाइएको छ । त्यहाँबाट उनकै मोटरसाइकलमा चढेर एक किलोमिटर उत्तरमा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलतिर गएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोत बताउँछ ।

उनलाई फोन गर्ने र सँगै जाने ब्याक्ती शिवसताक्षी नगरपालिका वडा नम्बर ८ घर भएका मनकुमार लिम्बु थिए । 

लिम्बुले मगरलाई सतासी धधाम जाउ भनी लिएर गएको र अलि पर पुगेपछि मोटरसाईकल चलाईरहेका मगरलाई छुरा प्रहार गरि घाटीमा रेटेको प्रहरी अनुसन्धानले खुलाएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका एक अधिकृतले भने, ‘बयानका आधारमा गरिएको अनुसन्धानका क्रममा मृतक र लिम्बुले प्रयोग गरेको गरी दुई वटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको छ ।’ 

...................
हत्या गरेर बिहानै हत्यारा पुगे मृतकको घर

लिम्बुले अघिल्लो दिन राती आफ्नै साथीको हत्या गरेर बुधबार विहान मगरको घरमा पुगेका थिए । उनले गोमानसिंङको खोजि गरेका थिए । मृतकका आफन्तले गोमानसिंङ हिजो साँझ तपाईले नै बोलाएर गएपछि घर नआएको बताएपछि उनले म संग नगएको बताएका थिए । बुधबार विहान मगरको सव भेटिएको स्थानमा पनि लिम्वु पुगेका थिए । प्रहरीले घटना स्थलबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी स्रोतका अनुुसार गम्भिर प्रकृतिका अपराधका घटनाको अनुसन्धानमा अब्बल मानिएका जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख समेत रहेका प्रहरी उपरिक्षक कृष्ण कोईरालाले घटनाको जरै देखी अनुसन्धान गरेका थिए । 

समाचार स्रोतका अनुसार उनले आवेगमा नभएर पुर्व योजना अनुसार हत्या गरेको खुल्न आएको छ । प्रहरीका अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए ।

आरोपी लिम्बु पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् । दुई जनाबीच लेनदेनको विवाद हत्यासम्म पुगेको देखिएको प्रहरी स्रोतले बतायो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर