पर्सामा गाँजासहित दई जना पक्राउ

पर्सा ।  पर्सामा पाँच केजी गाँजासहित  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

बीआर २२ एक्यू ०४१३ नम्बरको मोटरसाइकलमा सवार छिपहरमाई गाउँपालिका २ का ३५ वर्षीय गोखुल महत्तो केवट र  २० वर्षीय सुजित महत्तो केवटको साथबाट ५ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

त्यस्तै वीरगञ्‍ज नगरपालिका-२८ का २० वर्षीय रुपेश सहनीको घर खानतलासी गर्ने क्रममा १० किलो गाँजा बरामद गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर