• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रातो मच्छिन्द्रनाथको रथयात्रा 'औपचारिकता' मा सिमित [फोटोफिचर]

ललितपुर । ललितपुरको पुल्चोकमा आइतबार कडा सुरक्षाबीच रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ ।

 ललितपुुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथ र मिननाथ दुवै रथलाई सोह्रखुट्टे पाटी पु¥याइएको हो । यससँगै देशको सबैभन्दा लामो रथयात्रा यो वर्ष औपचारिकता निर्वाह गरेर सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण बैशाखमा नै हुनुपर्ने रथयात्रा रोकिएको थियो । बिहीवार पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथ तानेर करिब ५ मिटर टाढा पु¥याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

त्यसयता रथ सडकको बीचबाटैमा थियो। त्यसपछि सरोकारवाला निकाय र गुठी खलः हरुको संयुक्त बैठकले रातो मछिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो । 

औपचारिकता पूरा गर्न पाटनका चार टोलका १६० जना मिलेर रथ तानेका थिए । गाः बहालका ४० जना, वछुत्वा नुगःका ४० जना, लगँयाका ४० जना, र जावलाख्यका ४० जना मिलेर रथ तानेका हुन् । रथयात्राका क्रममा निश्चित गरिएका व्यक्तिबाहेक अन्यलाई प्रवेश दिइएको थिएन । भाद्र २६ गते भित्र रातो मछिन्द्रनाथलाई खटमा राखेर बुंगमती फिर्ता लैजाने तयारी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर