विराटनगरमा कोरोना संक्रमित एक बृद्धको मृत्यु

काठमाडौं । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान सवा ३ बजेतिर मृत्यु भएको कोशी अस्पताल उपचार केन्द्रले जानकारी दिएको छ ।

 उच्च रक्तचापको समस्या र श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि शनिबार पुरुष केन्द्रमा भर्ना भएका थिए।

भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्ध १० दिन ‘होम आइसोलेशन’ मा बसेका थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर