कोरोना भाइरस संक्रमणबाट बिराटनगरमा एक महिलाको मृत्यु

काठमाडौं । विराटनगरको कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

कोशी अस्पतालका अनुसार विराटनगर महानगरपालिका–१९ मिलनचौक निवासी ४० वर्षीया महिलाको मृत्यु भएको हो।

उच्च रक्तचाप, हाइपोथाइराडिज्म, मोटोपनाको समस्या रहेको महिलाको बिहीबार बेलुका ७ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर