• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

महिलाहरुले कुन उमेर सम्म बच्चा जन्माउन सक्छन् ?

आधुनिक चिकित्साले महिलाहरुलाई उनीहरुका पूर्वजहरुले भन्दा पनि ढिला(उमेरमा) सन्तान जन्माउँन अनुमति दिएको छ, त्यसो भए महिलाको प्रजनन् क्षमतालाई कति वर्ष(पर)सम्म बढाउन सकिन्छ त ? 

‘यो प्रकृतिको एक गम्भिर भेदभाव हो’ भन्छन् अक्सफोर्ड विश्वविद्यालयमा प्रजनन् चिकित्ससाका प्राध्यापक ड्यागन वेल्स । उनले ३५ वर्षपछि महिलाको प्रजनन् क्षमतामा कमी आउने विषयलाई यसरी सम्बोधन गरेका हुन् । 

पुरुषमा पनि उमेर बढ्दै गएपछि सन्तान उत्पादन क्षमता कमी आउँछ, तर यो प्रजनन् क्षमतामा कमी अलि ढिला मात्रै सुरु हुन्छ र महिलाको तुलनामा निक्कै विस्तारै मात्रै कम हुन्छ । पुरुषमा प्रजनन् दरमा कमी ४०–४५ वर्षको उमेरदेखि मात्रै त्यो पनि निक्कै सुस्त गतिमा आउँछ । तर महिलामा प्रजनन् क्षमताको गिरावट ठ्याक्कै कुन समयबाट हुन्छ ? र यस गिरावाटको परिणामले प्राकृतिक प्रजननलाई कहिले अन्त्य गर्छ ?

हजारौँ वर्षसम्म महिलाहरु किशोरावस्थामा वा २० वर्षभन्दा अघि नै गर्भवती हुने र बच्चा जन्माउने गरे – करिब ३० हजार वर्षअघि उत्तर क्रोएसियामा बसोबास गर्ने क्रापिना नियन्दर्थल्सहरुभन्दा केही मात्रै फरक, जसको जिवांश अवशेषहरुबाट उनीहरुले १५ वर्षको उमेर आफ्नो पहिलो सन्तान जन्माएको थाहा हुन्छ । सन् १९६०को दशकभन्दा पहिले अमेरिकामा महिलाहरु औसत २१ वर्षको उमेरमा पहिलो बच्चा जन्माइरहेका थिए । 

सन् २०१७ मा अन्तरार्ष्ट्रिय ‘आर्थिक सहयोग तथा विकास संगठन’(ओईसिडी)का सबै देशहरुमा पहिलो सन्तान जन्माउने आमाहरुको औसत आयु ३० वर्ष थियो । त्यही वर्ष इङ्ग्ल्याण्ड र वेल्समा पहिलो सन्तान उत्पादन गर्ने महिलाको औषत आयु ३० वर्ष थियो भने दक्षिण कोरियामा ३१ वर्ष थियो । तर, महिला प्रजनन् क्षमताको यस समय सन्दर्भमा यसको अर्थ के हुन्छ ? 

..............
संख्याको महत्वः

दशकौँदेखि वैज्ञानिकहरुले महिलाको प्रजनन् क्षमताको गिरावटलाई एक महिलाको डिम्बाशय भित्र निहित डिम्ब(अण्डा)को संख्यामा कमीसँग जोडेर हेर्दै आएका छन् । यीमध्ये केही जब ‘फर्टिलाइज’ हुन्छ यो भ्रणको रुपमा विकसित हुने सम्भावना बढी हुन्छ ।

पुरुषमा प्रजनन् अंगले दैनिक रुपले लाखौँ शुक्रकिट उत्पन्न गर्छ, यसको ठिक विपरित महिलाहरु भने ती सबै डिम्बका साथ जन्मिन्छन् जसलाई पछि फेरि विकसित गर्छन् । यद्यपि, यो संख्या महिलाको उमेरसँगै क्रमश घट्दै जान्छः १ लाख डिम्बका साथ जन्मिदा युवा अवस्थासम्ममा ३ लाखमा झर्छ, ३७ वर्षको उमेरमा २५ हजार र ५१ वर्षको उमेरसम्म आइुपुग्दा एक हजारमा झर्छ । यद्यपि, यस प्रक्रियाका बाबजुद पनि एक महिनामा जम्मा ३ सयदेखि ४ सयसम्म डिम्बमा पनि गर्भवती बन्ने सम्भावना रहन्छ र परिपक्क बन्छ । 

अधिकांश युवतीहरु ९देखि १३ वर्षको उमेरको बीचमा महिनावारी हुने गर्दछन्, तर उनीहरुको अण्डासयले महिनावारी भएको एक वर्ष वा दुई वर्ष नभएसम्म अण्डहरु जारी गर्दैन । साधारण हिसाबले एक महिलाको अण्डको आपूर्ति सामान्यतया ३३ वर्षपछि समाप्त हुने सुझाव दिन्छ । अधिकांश महिलाहरुमा महिनावारी बन्द हुनु ८ वर्षअघि नै प्रजनन् समाप्त हुन्छ, जुन अमेरिकी महिलाहरुका लागि ५१ वर्षको उमेरको वारपर हो । 

यद्यपि, यस्तो अपरिपक्क गणनाहरुले प्राकृतिक परिपर्तनशीलतालाई पछ्याउँदैन, जस्तो कि महिलाहरुबीच उपलब्ध हुन पनि सक्छ वा अण्डाशयले एक महिनामा एकभन्दा बढी डिम्ब निष्काशन गर्छ वा कुनै महिनामा अण्डाशयले डिम्ब निष्काशन गर्दैन पनि । तर यी प्रक्रियाले पनि महिलाको प्रजनन् क्षमताको आयु कति हुनसक्छ भन्ने एक मोटो अनुमान दिन सक्छ । 

कुनै महिलाको डिम्बको गणनाको सटिक अनुमान, जसलाई ‘डिम्बग्रन्थी संशय’ पनि भनिन्छ, एक महिलाको रगतमा ‘एन्टि–मुलेरियन हार्मोन’(एएमएच) नामक हर्मोनको स्तरलाई मापन गरेर प्राप्त गर्न सकिन्छ । यसरी अब हामी जान्न सक्छौ कि एएमएचले वयस्क महिलाको अण्डाशयद्धारा उत्पादित एक अपरिपक्क डिम्ब सेललाई एक परिपक्क, आशा लाग्दो अण्डामा रुपान्तरण गर्न महत्वपूर्ण भूमिका निभाउँछ, जसले एक स्वस्थ्य बच्चा उत्पति गराउनँका लागि सम्पूर्ण जैविक अनुकुल वातावरणलाई पुरा गर्छ । 

राम्रो काम गर्ने अण्डाशयले ठूलो संख्यामा अण्डाको भण्डारणका साथ बढीभन्दा बढी एएमएचको उत्पादन गर्छ । महिलाको प्रजनन् क्षमता वृद्धिको समय अनुसार हर्मोनको स्तर घट्छ – ३०देखि ३५ वर्षको उमेरमा औसत स्तर वयस्क महिलाको लगभग दुई–तिहाई हुन्छ जबकि ४५ वर्षभन्दा माथिको उमेरका महिलामा उक्त स्तर २० वर्षको उमेरमा देखिएको स्तरको एक चौथाई मात्रै हुन्छ आर्थत् ४५ वर्ष नाघेका महिलामा हार्मोनको स्तर २० वर्षको उमेरको तुलनामा एक चौथाईमा झर्छ । 

माउन्ट सिनाई अस्पतालको लुनेनफेल्ड–तनेनबाम रिसर्च इन्स्टिट्युटकी एक भूम–विशेषज्ञ एन्ड्रिया जुरिसिकोभाले उमेरसँगै महिलाको प्रजनन् क्षमतामा गिरावाटको कमी गराउँने तन्त्र(तत्व)का बारेमा केही वर्ष अध्ययन गरिन् र यसलाई ढिलो बनाउँन वा पर सार्न के गर्न सकिन्छ भने शोध गरिन् । उनको शोधले पत्ता लगाएअनुसार, डिम्बग्रन्थी संशय आनुवांशिक रुपले चल्ने, तर कुनै महिलाको जीवनका अनुभवहरु – जस्तै तनाव, विकिरण वा विषाक्त रसायनहरुको सम्पर्कमा आउने र यहासम्म कि उनी आमाको गर्भमा हुँदा यी चीजको सम्पर्कमा आउँदा पनि – उनको पछिल्लो जिन्दगीमा अण्डाको संख्यालाई निर्धारण गर्छ ।

..................
गुणस्तरको महत्वः 

तर महिला प्रजनन् क्षमता खाली अण्डाको संख्याले मात्रै निर्धारण गर्दैन । अण्डाको गुणस्तरले महत्वपूर्ण भूमिका खेल्छ र अण्डाको संख्याको तुलनामा यसको आंकलन गर्न प्राविधिक रुपले पनि निक्कै चुनौतीपूर्ण छ । महिलाको उमेरसँगै डिम्ब संख्या पनि कमी आउँछ, त्यसरी नै ती डिम्बभित्र रहेको क्रोमोजोम्स र डिएनएको गुणस्तरमा सुधार आउँछ । 

‘मानव अण्डमा क्रोमोजोमको असामान्यताहरु निक्कै सामान्य कुरा हुन्,’ वेल्स भन्छन्, ‘यो असामान्य मानिनु पर्ने कुनै स्थिति होइन र धेरैजसो मामिलामा सबै महिला, वयस्क महिलाहरुको पनि एक कम स्तरको डिम्ब हुन्छन्, तर उक्त स्तर उमेरसँगै बढ्छ । 

२० वर्षकी एक महिलामा उसका डिम्बहरुको एक चौथाई भागमा असामान्य क्रोमोजोम हुने सम्भावना हुन्छ – यो ३० र ३५ वर्षको उमेर ४० प्रतिशतले बढेर जान्छ र त्यहाँबाट माथि तीव्र बढेर जान्छ । ३५ वर्षमाथि यी क्रोमोजोम असामान्य अण्डको आवृत्ति ०.५ प्रतिशत प्रति महिनाको दरले वृद्धि हुन्छ, यसरी एक महिलामा ४० वर्षको सुरुवाती उमेरमा उसको अण्डहरुको तीन–चौथाईसम्म क्रोमोजल असामान्यता हुनेछन् । 

कुनै महिलाको अण्डहरुमा क्रोमोजल असामान्य हुन ‘बाँझोपन’ भन्ने अर्थ हुँदैन, तर यसको अर्थ उसको मासिक श्रावले जति अण्डहरु उत्पादन गर्छ तिनीहरुमा बच्चा बन्ने सम्भावना कम हुन्छ । 

क्रोमोजोमहरुको पोको डिएनएसँग बलियो गरी टाँसिएको हुन्छ जसले एक जीवको विकासका लागि आवश्यक आनुवांशिक जानकारी राख्छ । एक मानव अण्डमा २३ वटा क्रोमोजोम्स हुन्छन् । तपाईको आनुवांशिक संकेतको आधा हिस्सा तपाईको आमाबाट आउँछ, जसलाई एक भ्रुणमा विकसित हुनका लागि ती २३ क्रोमोजम्सका साथ तपाईको बुबाबाट आएको शुक्रकीटसँग संयोजन हुन आवश्यक हुन्छ । 

निक्कै बढी वा निक्कै कम, वा टुक्रिएको वा खराब क्रोमोजम्सका साथ एक अण्डा प्राय राम्ररी विकसित हुन सक्दैन । केही मामिलामा क्रोमोजोमले असामान्यताका साथ बच्चा पनि जन्मिने गरेका छन्, जस्तो कि डाउन सिन्ड्रोमका साथ जन्मिन्छन् । 

तर अधिकांश क्रोमोजोम अत्यन्त नयाँ भ्रुणका लागि घातक हुनसक्छ जसको परिणाम स्वरुप भ्रूण गर्भको तहमा विकास हुन विफल हुन्छ वा निक्कै प्रारम्भिक गर्भपतन हुन्छ, प्राय ५देखि ८ महिनाको गर्भावस्थामा । 

समान्यतया क्रोमोजोमल असामान्यताको स्थिति बढी उमेरका महिलाको डिम्बमा हुने जोखिम बढी पाइन्छ । हालै गरिएको एक युरोपेली अध्ययनअनुसार युवा उमेरका महिलामा पनि क्रोमोजोमल असमान्यताको स्तर बढी रहेको पाइएको छ – विशषेगरी १३देखि २० वर्षको सुरुवाती उमेर । यस अध्ययनको निष्कर्षले भन्छ – महिला प्रजनन् क्षमताको समयरेखा अंग्रेजी अक्षर ‘एन’ आकारको प्याटर्न अनुसरण गर्छ,  जसमा २०औँ दशकको मध्य उमेर(२०–३० वर्षको बीच)मा प्रजनन् क्षमता उच्च रहने र २० वर्षभन्दा अघि वा ३०भन्दा बढी उमेरका महिलामा प्रजनन क्षमता कम हुन्छ । 

बढी उमेरका महिलामा डिम्ब बाहेक दोषपूर्ण ‘माइटोकोन्ड्रिया’ले पनि एक समस्याको भूमिका खेल्न सक्छ । माइटोकोन्ड्रिया कोष भित्रको एक मुख्य अंग हो जसमा शक्ति उत्पादनको काम गर्छ, यसले कोशिकाहरुका लागि ऊर्जा प्रदान गर्छ र यो हाम्रो आमाहरुबाट प्राप्त हुन्छ ।

वयस्क महिलामा एक तिहाईको तुलनामा ३५ वर्षभन्दा बढी उमेरका महिलाहरुको आधाभन्दा बढी डिम्बहरुले उनीहरुको माइटोकोन्ड्रियल डिएनएमा ‘म्युटेशन’ बोक्छ । ‘एउटा डिम्बलाई भ्रुण बन्नका लागि लगभग ४० हजार माइटोकोन्ड्रिया डिएनए प्रतिहरुको आवश्यकता हुन्छ,’ जुरिसिकोभा भन्छिन् । 

वेल्सका लागि प्रमाण स्पष्ट छ । ३५ वर्षको वरपर प्रजनन् क्षमताको गिरावट बढेर जाने र ४५ पुगेपछि अधिकांश महिलाहरु अनिवार्य रुपले बाँझो बन्ने वेल्स बताउँछन् । जब उमेर बढ्दै जान्छ जो कोहीले पनि प्रजनन् क्षमता कम भएको आशा गर्छन्, तर उक्त गिरावटको सीमाले धेरैलाई आश्चार्य चकित पार्छ । 

खाली महिलाको प्रभजनन् क्षमतामा ध्यान दिनु गलत हो । केही अधययनहरुले पुरुषको उमेर बढ्दै जाँदा शुक्रकीटको गुणस्तरमा पनि गिरावट आउँने देखाएको छ । शुक्रकीटको गतिशीलता (यसको तैरिने क्षमता)मा हरेक वर्ष करिब ०.७ प्रतिशतले कमी आइरहेको देखिन्छ, जबकि बढ्दो उमेरका पुरुषका शुक्रकीटले उनीहरुको डिएनएमा बढी ‘म्युटेशन’ बोक्छ । आमाहरुबाट उनीहरु डिम्बहरुबाट भन्दा बढी उमेरका बुबाहरुबाट आफ्नो बच्चामा बढी नै म्युजेशन सार्छन् ।

.......................
राम्रो अण्डाको भूमिकाः

अण्डालाई निक्कै राम्ररी प्रजनन् गराउनु पर्ने जोड दिन्छन् वेल्स । अण्डा फर्टिलाइज भएको पहिलो तीन दिनसम्म भ्रुणले आफ्नो लागि केही पनि बनाउँदैन – यसले आफ्नो जीनलाई हस्तान्तरण गर्दैन, यसले प्रोटिन पनि बनाउँदैन – यो पूर्ण रुपले अण्डालाई के प्रदान गरियो भन्नेमा निर्भर रहन्छ । एउटा अपरिपक्क अण्डाको तुलनामा परिपक्क अण्डा राम्ररी प्रजनन् हुने सम्भावना बढी रहने वेल्स बताउँछन् । 

यद्यपि, विज्ञान ती अण्डाहरुको संख्यामा परिवर्तन गर्न सक्ने सम्भावना कम हुनसक्छ जबकि एक महिलाको जीवनमा सन्तानका लागि प्राकृतिक (वाआनुवांशिक) प्रक्रियाले निर्धारण गर्छ । अण्डाको गुणस्तर सुधार, बचाउँ गर्न केही उपायहरु छन् भन्नेमा वेल्स र जुरिसिकोभा सहमति जनाउँछन् । एक स्वास्थ्य जीवनशैली अपनाएर, नियमित रुपले व्यायाम गरेर, तनावलाई कम गरेर र हाइपोथाइरोइडिज्म र अन्य ‘अटोइम्युन’ स्थितिहरु जस्ता स्वास्थ्य समस्याहरु राम्ररी नियन्त्रण भएका छन् भनी सुनिश्चित गरेपछि अण्डाको गुणस्तर सुधार गर्न सकिन्छ । 

जुरिसिकोभाले हालै पत्ता लगाइन् कि एक स्त्री मुसालाई एन्टिअक्सिडेन्ट कोएन्जीम क्यु–१० दिएपछि आशाजनक परिणाम आयो – जुन मुसालाई सप्लिमेन्ट दिइयो उसले उत्कृष्ट संयोजित क्रोमोजोम्स र राम्रो माइटोकोन्ड्रिल फङशनका साथ राम्रो गुणस्तरको अण्डा उत्पादन गरिन् । ती मुसाहरु जीवित बच्चाको उत्पादन गर्नमा बढी सफल थिए । यद्यपि, यी परिणामहरु अझै मानवमा दोहोर्याउन बाँकी नै छ । 

.......................
त्यसो भए महिलाको प्रजनन् क्षमतालाई बढाउन सम्भव छ र कहिलेसम्म ? 

प्राय यस्तो हुन्छ कि प्रकृतिले असमानता उत्पन्न गराउँछ भने विज्ञानले बराबर गर्ने प्रयास गर्छ । गत वर्ष(२०१९)को सेप्टेम्बरमा दक्षिण भारतको एक ७४ वर्षीया इरामती मन्गामा विश्वको सबैभन्दा बढी उमेरमा बच्चा जन्माउने आमा बनिन् । ५७ वर्षको उमेर महिनावारी बन्दभएपछि उनले आईभीएफ(इन भिट्रो फर्टिलाइजेशन)को माध्यबाट जुम्ल्याहा छोरीहरुलाई जन्म दिइन् । त्यसैगरी तीन वर्षअघि उत्तरी भारतकी ७२ वर्षीया दलजिन्दर कुवरले विवाह गरेको ५० वर्षपछि र दुई वटा असफल आईभीएफ प्रयासहरुपछि एक छोरालाई जन्मदिइन् । 

पछिल्ला दशकहरुमा प्रजनन् चिकित्सामा महत्वपूर्ण प्रगतिले कृत्रिम प्रजनन् प्रविधिरुको सुरक्षा, सफलता, पहुँच र सामथ्र्यमा वृद्धि गरेको छ । बेलयातमा हरेक वर्ष करिब २३० शिशुहरुको जन्म दिने महिलाहरु ५० वर्ष वा त्योभन्दा बढी उमेरका छन्, जबकि सन् २०१४ मा अमेरिकामा पहिलो पटक आमा बन्ने महिलाहरुको उमेर ३५ वर्षभन्दा बढी थियो ।

तर जस्तो कि हामीले देख्यौ, यी प्रविधिहरु अण्डाको आयुसम्म मात्रै सीमित छन् । यो डिएनएमा बढ्दो उमेरको प्रभावको कारण मात्रै होइन, यो यस कारण पनि हो कि पुराना अण्डाहरु लामो समयसम्म पर्यावरणको विषाक्त पदार्थहरुको सम्पर्कमा रहे । निश्चित रुपले युवा महिलाद्धारा दान गरिएको अण्डाको उपयोग गरी आईभीएफको माध्यमबाट बढी उमेरका महिलाहरु गर्भवती बन्न सम्भव छ । 

विश्वभर लगभग सबै प्रजनन् संस्थाहरुले महिलाहरुलाई आफ्नो अण्डाहरु(डिम्ब)लाई भण्डारण गर्न विकल्प दिइरहेका छन्, जो समयसँगै जम्मा भएर बसेका छन् । उनीहरु अण्डाहरुलाई आफ्नो गर्भमा विकसित, निषेचित र प्रत्यारोपित नहुँदासम्म भण्डारण गर्न सक्छन् । 

‘बच्चा जन्माउन प्रयास गरिरहेको बढी उमेरका महिलाहरुद्धारा अनुभव गरिएका कठिनाईहरु गर्भाशय नभएर अण्डाहरु हुन् र क्रोमोजोमल असामान्यताहरु यसको मुटुमै छ,’ वेल्स भन्छन्, ‘एउटा अण्डा माटो नभएर बिउ(बिज) हो । मानव विकासको सुरुवाती चरणमध्ये धेरैले अण्डाले के प्रदान गर्छ भन्नेले निर्धारित थिए ।’

पूर्व–समावेश आनुवांशिक परीक्षण जस्ता प्रविधिको सहयोगले वेल्स र उनका सहकर्मी भ्रूण–विशेषज्ञहरु ती राम्रो अण्डाहरुको पहिचान गर्ने तरिका विकसित गरिरहेका छन् जसलाई आईभीएफ उपचारमा प्रयोग गर्न सकियोस् । माइटोकोन्ड्रियल प्रतिस्थापन थेरापी जस्ता अन्य प्रविधि पनि आमाहरुलाई मद्दत गरिरहेको छ, जसको अण्डामा दोषका बाबजुद स्वास्थ्य बच्चा जन्म दिन्छन् । 

विज्ञानले महिला प्रजनन् क्षमताको समयसीमालाई लामो बनाउनमा मद्दत गर्ने सराहनीय कदम उठाइरहेको छ, तर यसलाई अनिश्चित कालसम्म जारी राख्नका लागि भने सम्भव नहुन सक्छ । प्राकृतिक महिला प्रजनन् क्षमतामा गिरावट हुनु त्यति नै अपरिहार्य छ जति यो सार्वभौमिक छ ।

(बिबीसी फिचरबाट समाचार दैनिकका लागि गिता सुब्बाले गरेको अनुवाद)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर