प्रदेश १ः प्रदेश सुशासन सञ्चालन नियमावली स्वीकृत

विराटनगर। प्रदेश १ को मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश सुुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली २०७७ लाई स्वीकृत गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले मुुख्यमन्त्री कार्यालयबाट प्राप्त सो नियमावलीलाई स्वीकृत गर्ने निर्णय गरेको हो।

यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट आएको विपद् व्यवस्थापनसम्बन्धी ऐनको मातहतमा रहेर मुख्यमन्त्री अत्यावश्यक सेवा सञ्चालन केन्द्र सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७७ लाई स्वीकृत प्रदान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए।

प्रदेश सुशासन व्यवस्थापन सञ्चालनसम्बन्धी ऐन गत वर्ष आएको मन्त्री कार्कीले जानकारी दिए। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर