सुदूरपश्चिम प्रदेश : विज्ञापन नै नगरी सरकारको निर्णयविरुद्ध बायोमेडीकल ईन्जिनियर भर्ना !

कैलाली कोरोना महामारीकाबीच केन्द्र सरकारले कुनै पनि नियुक्ति नगर्ने भन्ने निर्णयको विरोधमा सुदूरपश्चिममा भने कर्मचारी भर्ना भएका छन् । प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, धनगढीले केन्द्रीय सरकारको निर्णयविरुद्ध बायोमेडिकल ईन्जिनियर भर्ना गरिएको हो । 

जबकी, नियुक्ती गर्न नमिल्ने केन्द्र सरकारको निर्देशन विपरित स्वास्थ्य सेवा विभागबाट करारमा खटाईएका ईन्जिनियर हरेन्द्र चटौतलाई प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र धनगढीमा भर्ना गरिएको हो । गतवर्ष स्वास्थ्य सेवा विभागले सुदूरपश्चिम प्रदेशमा खटाईएका ईन्जिनियर हरेन्द्र चटौतको असारबाट करार नविकरण गरिएको छैन् । तर, चटौत अहिले प्रदेश स्वास्थ्य आपुर्ति ब्यबस्थापन केन्द्र धनगढीमा कार्यरत छन् ।

ईन्जिनियर हरेन्द्र चटौतलाई साउन १ गते देखि प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा नियुक्ति दिईएको सुचना अधिकारी लक्ष्मी श्रेष्ठले बताए ।

ईन्जिनियर हरेन्द्र चटौत स्वास्थ्य सेवा विभागबाट करारमा प्रदेश स्वास्थ्य आपुर्ति व्यबस्थापन केन्द्र धनगढीमा खटाईएको थियो । उनको गत असाबाट करार अवधि थप गरिएको छैन तर ईन्जिनियर चटौत सुदुरपश्चिम प्रदेशमा हुने स्वास्थ्य उपकरण खरिदमा सहभागी हुँदै आएका छन् ।  

ईन्जिनियर चटौत डडेल्धुरा अस्पतालले सिटी स्क्यान खरिदमा स्पेशिफिकेशन संसोधन गरेपछि विवादमा आएका थिए । केन्द्रको करार सकिएपछि प्रदेशमा नियुक्ति दिने हस्पिटेक, डि बि मेडिसिन र चटौत बिचमा समझदारी अनुसार निज चटौतले डडेल्धुरा अस्पतालमा सि टि स्क्यानमा पछि स्पेसिफिकेसन संशोधन गरेको स्रोतले समाचार दैनिकसँग दाबी गरेको छ । 

यो नियुक्ती प्रक्रियामा आपूर्ति केन्द्रका निर्देशक डा. गुणराज अवस्थी लगायतको संलग्नता भएको स्रोतले जनाएको छ । 

ईन्जिनियर चटौतले स्वास्थ्य सामाग्री आपुर्ति गर्दे आएको हस्पिटेक ईन्टरप्राईजेजको स्वार्थ पुर्तिका लागि स्पेशिफिकेशन संसोधन गरेका थिए । सुदूरपश्चिम प्रदेशमा हुने स्वास्थ्य उपकरण खरीदमा हस्पिटेक ईन्टरप्राईजेजले एकाधिकार जमाउँदै आएको छ । 

प्रदेश स्वास्थ्य आपुर्ति व्यबस्थापन केन्द्रले खरिद गर्न लागेको आईसियु भेन्टिलेटर खरिदको ठेक्का हस्पिटेक ईन्टरप्राईजेज काठमाडौंले पाएको छ । हस्पिटेक ईन्टरप्राईजेजका व्यवसायिक साझेदार रहेका अमित मेडीसिन र डि.बि मेडीसिनका व्यवसायी मुरलिधर जोशिको प्रयोग गरी ठेक्का हात पार्ने गरेका छन् । 

पिसिआर मेसिनमा पनि हस्पिटेकलाई ठेक्का
प्रदेशको प्रदेश स्वास्थ्य आपुर्ति ब्यबस्थापन केन्द्रले ३ पिसिआर मेसिन खरिद गर्दा पनि उक्त ईन्जिनियरले नै स्पेशिफिकेशन तयार गरेका थिए र ठेक्का उक्त समुहले नै पाएको थियो । कोरोना महामारी सुरु भईसकेपछि नेपाल सरकारले करार कर्मचारी भर्ना नगर्न निर्देशन जारी गरेको छ । तर सुदुरपश्चिम प्रदेश स्वास्थ्य व्यबस्थापन केन्द्रले भने ईन्जिनियर हरेन्द्र चटौतलाई करारमा नियुक्त गरेको छ । 

प्रदेश स्वास्थ्य आपुर्ति व्यबस्थापन केन्द्रका स्वास्थ्य समाग्री खरीदमा ड्रग सेन्टर धनगढी र डि.बि मेडीसिन धनगढीले ४ वटा ठेक्का हात पारेको छ । त्यस्तै, सेति प्रादेशिक अस्पतालमा समेत ड्रग सेन्टर धनगढी र डिबि मेडीसिन धनगढीले एकाधिकार जमाएको छ । अस्पताल प्रशासनलाई प्रलोभनमा पारी धनगढीका व्यबसायी मुरलिधर जोशीले ईन्जिनियर हरेन्द्र चटौतलाइ समेत प्रलोभनमा पारी आफु अनुकुल स्पेशिफिकेशन तयार तथा  संसोधन गर्नमा प्रयोग गर्दै आएका छन् ।

स्पेशिफिकेशन तयार गर्ने ईन्जिनियर नै छानविन समितिमा 
गत आर्थिक बर्षमा सामाजिक विकास मन्त्रालयले खरीद गरेको  महाकालि अस्पतालमा खिया लागेको भेन्टिलेटर पु¥याएपछि अस्पतालले उक्त भेन्टिलेटर नबुझ्ने भन्दै फिर्ता पठाएको थियो ।

ठेक्का पाउने आरजी सप्लायर्सले अस्पतालको अनुमानित बजेटभन्दा कम मूल्य ५३ लाख ८७ हजार रुपैयाँमा पाँच उपकरण खरिद गरी अस्पताललाई बुझाएको छ । उक्त भेन्टिलेटर खिया  लागेको र पुरानो भएकाले अस्पतालले खरीद प्रक्रिया नै बिवादीत भएकाले छानबिन समिति गठन गरेको थियो । खरिद गर्दा  स्पेशिफिकेशन तयार गर्ने ईन्जिनियर लाई छानविनमा पठाएको थियो ।

सेति प्रादेशिक अस्पतालले खरिद गर्न लागेको सिटी स्क्यान को स्पेशिफिकेशन पनि हरेन्द्र चटौतले नै तयार गरेका छन् भने उक्त स्पेशिफिकेशन हस्पिटेक ईन्टरप्राईजेजले बिक्रि गर्ने फिलिप्स कम्पनीसँग मिल्ने गरी तयार गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर