• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अमेरिकामा आइतबारदेखि टिकटक र वीच्याट डाउनलोडमा प्रतिबन्ध

एजेन्सी । अमेरिकामा आइतबारदेखि टिकटक र वीच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ। ट्रम्प प्रशासनले टिकटक तथा वीच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा शनिबारदेखि अमेरिकी एप स्टोरमा टिकटक र वीच्याट प्रतिबन्धित हुने बताएका छन् ।

अमेरिकाको वित्त विभागले आइतबारदेखि कुनै पनि एप प्लाटफर्मबाट चिनियाँ एप्लिकेशनहरु टिकटक र वीच्याट डाउनलोड गर्न नदिने स्पष्ट पारेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर