नेपालगञ्जमा कोरोना संक्रमित ५९ वर्षिया पुरुषको मृत्यु

काठमाडौै । नेपालगञ्जमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१, पुरैनीका ५९ वर्षीय पुरुषको शनिबार राती ११ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार ति पुरुषको फोक्सोमा निमोनिया देखिएपछि आइसियुमा राखेर उपचार हुदै आएको थियो । 

स्वास्थ्य समस्या देखिएपछि भदौ २० गते साँझ अस्पतालमा भर्ना गरिएको थियो। त्यही राती स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर