• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पेरिसडाँडाबाट यसरी पक्राउ परिन 'बालिका'

काठमाडौं । केही समयअघि आफूलाई प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको श्रीमती बताउने गरेकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेकपा कार्यालय पेरिसडाँडा, कोटेश्वरबाट उनलाई नियन्त्रणमा लिइएको हो । नेताहरूलाई भेट्ने भन्दै जर्बजस्ती पार्टी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार उनले नेताहरूलाई किन भेट्न खोजेको भन्ने खुलाएकी छैनन् । खड्काले केही समय पहिले आफू प्रदेश १ का मुख्यमन्त्री राईकी श्रीमती भएको दाबी गर्दै अंश मुद्दा दायर गरेर चर्चामा आएकी थिइन् । केही दिन अघि मात्रै उनले साे मुद्दा समेत फिर्ता लिइसकेकी छन् । 

पूर्व एमाले छंदैदेखि याे विषय चर्चामा थियाे । उनले यस विषयमा प्रधानमन्त्री कार्यालय देखि राष्ट्रपति कार्यालय सम्म जानकारी गराइसकेकी छन् । उनि पूर्व अनेरास्ववियुकाे कार्यकर्ता हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर