प्रदेश पाँचमा कृषि क्षेत्रमा करोडौंका कार्यक्रम अगाडी बढाइंदै

बुटवल । प्रदेश पाँचमा कृषि क्षेत्रको विकासका लागि यस आर्थिक वर्षमा करोडौंलागतका कार्यक्रम अगाडी सारिएको छ । प्रदेश कृषि विकास निर्देशनालयबाट कृषि उत्पादन बढाउने देखि बजारीकरण सम्मका विभिन्न कार्यक्रम अगाडी सारिएको जानाकारी मंगलवार गराइएको छ । निर्देशनालयमार्फत विभिन्न कार्यक्रमका लागि करिब १२ करोड बजेट छुट्टाइएको छ । 

स्वीकृत कार्यक्रम सार्वजनिक कार्यक्रममा वोल्दै प्रदेश पाच भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रमा उत्पादन बढाउन देखि बजारीकरण गर्नमा जोड दिइएका कार्यक्रम अगाडी सारिएको बताइन । कृषि विकास निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले कृषि क्षेत्रको विकासका लागि उत्पादन सगै बजारीकरणमा जोड दिने क्रममा यस वर्ष तराइका जिल्लाका ब्यवसायीक कृषकलाई मोबाइल पसलका लागि सहयोग गर्ने कार्यक्रम  अगाडी सारिएको बताए । नजिक बजार नभएका किसानहरुले थोरै थोरै मात्रमा गरेको कृषि उत्पादनलाई अटोरिक्सा मार्फत बजारीकरण हुन सहज हुने देखिएकाले यस खालको कार्यक्रम अगाडी सारिएको उनले बताए । यस शिषकमा निर्देशनालयले ६० लाख बजेट छुट्टाएको छ । 

त्यस्तै निर्देशनालयले कृषकसग कृषि विद्यार्थी कार्यक्रम( पढ्दै–कमाउदै) मा १ करोेड बजेट छुट्टाइएको निर्देशनालयकी वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीलेबताइन ।

कार्यक्रममा प्रदेश सभामा कृषि वन तथा वातावरण समितिका सभापति विजयवहादुर यादवले मन्त्रालयका सचिवहरु छिटो छिटो फेर्ने काम नगर्न सुझाव दिदै प्रभावकारी रुपमा काम अगाडी बढाउन सुझाव दिए । कार्यक्रममा प्रदेश योजना आयोगकी सदस्य पुष्पा भुसालले कृषकहरुसग जोडिएर काम अगाडी बढाउनुपर्ने भन्दै कामको गति समेत बढाउन सुझाव दिइन । 

त्यस्तै निर्देशनालयले यस आर्थिक वर्षमा मौरी विकास प्रवद्धन सहयोगमा १ करोड बजेट राखेको छ । बजारीकरणका लागि प्रदेशको ब्रान्डिङ –अदुवा, वर्षे आलु, मह, सुन्तला) का लागि ८० लाख बजेट रहेको छ । 

त्यस्तै कृषि निर्देशनालयले कृषकको उत्पादन बजारीकरणका लागि उपमहानगरलक्षित आधुनिक बजार निर्माणको कार्यक्रम पनि अगाडी सारेको छ । यसका लागि २ करोड बजेट रहेको छ । त्यस्तै भान्सा नै औषधालय प्रवद्धन कार्यक्रमसग सहकार्यमा प्रांगारिक उत्पादन तथा उपभोग सम्वन्धी कार्यक्रमका लागि १० लाख बजेट छुट्टाइएको वरिष्ठ बाली स.रक्षण अधिकृत कामना अधिकारीले बताइन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर