मुख्यमन्त्री शंकर पोखरेललाई कांग्रेस सांसदको प्रश्नः को को मन्त्री फेल भए ?

बुटवल । कांग्रेस सांसद डिल्लि चौधरीले प्रदेश सरकारले कार्यकर्ता भर्ती गर्ने गरी विकास प्राधिकरण ल्याउन खोजेको भन्दै विरोध जनाएका छन । प्रदेश ५ प्रदेश सभाको मंगलवारको बैठकमा विशेष समय लिएर वोल्दै उनले काम गर्न को को मन्त्रीहरु फेल भए भन्ने प्रश्न राखे । उनले मुख्यमन्त्री शंकर पोखरेललाई मन्त्रीहरु सक्षम छैनन भने मन्त्रीहरु फेर्न सुझाव दिदै खर्च बढाउने गरी  विकास प्राधिकरण नवनाउन सुझाव दिए ।

कांग्रेस सांसद चौधरीले कोरोना नियन्त्रणमा सरकारले खेलेको भुमिका सन्तोष जनक नरहेको पनि बताए । उनले सरकार योजना विहिन रुपमा अगाडी बढेको भन्दै कोरोना नियन्त्रण गर्ने गरी योजनावद्ध रुपमा हरेक गाउमा कोरोना जाच गर्ने गरी अगाडी बढ्न सुझाव दिए ।  

समाजवादी पार्टीका सांसद सन्तोष कुमार पाण्डेले भैरहवामा यातायात ब्यवस्था कार्यालय ब्यवस्थीत गर्न सरकारको ध्यानाकर्षण गराए । 

राजमो सांसद तारा जिसिले एमसिसि देशका लागि घातक हुने भन्दै त्यसलाई पास गर्न नहुने धारणा राखिन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर