पाल्पाको रम्भा २ फोक्सिङकोटमा पहिरोले ३ घर पुरिदा ६ जना वेपत्ता

पाल्पा पाल्पाको रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङकोटमा पहिरोले ३ वटा घर पुरिदा ६ जना वेपत्ता भएका छन् । अविरल वर्षासंगै खसेको पहिरोले दुई घर घर पुरिदा बेलौजाका एकै परिवारका ५ सहित  ६ जना वेपत्ता भएका हुन । 

स्थनीय हुम बहादुर गाहा र मान बहादुर गाहाको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष उमानसिंह सारुका अनुसार बेलौजाको हुम बहादुरको परिवारका ५ जना वेपत्ता भएका छन भने वडा नं. २ कै सुरुङ्गडांडामा घर पुरिदा १ जना वेपत्ता भएका छन । मनबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्क्ष सारुले बताए ।

यस्तै सुरुङ्गडाँडामा वेपत्रा हुने गर्भवती महिला रहेकी छन । उनका श्रीमान भने पहिरो खसेपछि भागेर ज्यान जोगाउन सफल भएको वडा अध्यक्ष सारुले बताए । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएको हुँदा उद्दारमा समस्या भएको उनले बताए । उद्दारका लागि जिल्ला सदरमुकामदेखि नेपाली सेनाको टोली घटास्थलतर्फ जादै गरेको नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर