चितवनमा थप १ सय ४० जनामा कोरोना पुष्टि

चितवन । चितवनमा थप १४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड(१९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो पोजेटिभ संख्या एकै दिन परीक्षण गरिएकोमा हालसम्मकै दोस्रो सबैभन्दा धेरै संख्या हो ।

यसअघि चितवनमा एकै पटक २०२ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका मध्ये ७४ जना रत्ननगर नगरपालिकाका छन् । तीमध्ये ४४ जना रत्ननगर वडा नं १४ का निवासी हुन् । अन्य संक्रमित भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका तथा माडी नगरपालिकासँगै बाहिरी जिल्लाका पनि रहेका छन् । 

अस्पतालले असोज १ गतेदेखि संकलन गरिएका स्वाबको परीक्षण बुधबार मात्रै सकेको हो । हालसम्म अस्पतालमा १५ सय बढी पीसीआर परीक्षण भइसकेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर