अध्याँरो जिते बजारको बाटोलाई बमले यसरी उज्यालो बनाए

सुर्खेत । कालिकोटको चर्चित हाट बजारको रुपमा रहेको जिते बजारमा कालिकोट पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बमले  ५ वटा सौर्य बत्ति जोडेर उज्यालो बनाएका छन् । 

जिते बजारमा मजदुरि गरेर खाने कामदारहरुलाई  राति भारि बोकेर झोलुंगे पुल र बजारमा सामान ढुवानि गर्दा समस्या परेको भन्ने गुनासो  आफुले थाहा पाएपछि मजदुरहरुको रोजिरोटि नखोसियोस् भनेर आफुले आफ्नो लगानिमा सौर्य बत्ति जोडिदिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिए । 

सडकमा  सौर्य बत्ति जडान गरेको दिनबाट हाटबजारमा सामान बोक्ने मजदुरहरुलाई सहज भयको  स्थानिय बजारबासि हरिकृष्ण बमले बताए । कर्णाली राजमार्ग बाट कर्णाली करिडोरमा सामान पुर्याउन कर्णाली नदिमा रहेको झोलुंगे पुलको साहायता बाट मजदुरले सामान वारपार गर्ने गरेका छन्  ।

‘बाटो अप्ठ्यारो छ त्यसमाथि मजदुरहरुले राति राति गरेर भएपनि पेट पाल्नको लागि जोखिम पूर्ण यात्रा गरेको देख्दा मजदुरहरुको पिडाले मलाई हेरेर बस्न दिएन, ‘अध्यक्ष बमले भने, ‘थारै भए पनि सहयोग गरौ भनेर मैले आफ्नो लगानिमा ३ लाख ५० हजारको ५ वटा सोलार जडान गरिदिएको हु,।’

अध्यक्ष बमले गरेको सहयोगले अहिले बजारमा मजदुर गरेर खाने मजदुरहरुको लागि धेरै सहयोग पुगेको स्थानीय बासिले बताउने गरेका छन् । जितेबजारमा रहेका स्थानिय ब्यबसायीहरुले पनि पलाँता गाउपालिका अध्यक्षको ब्यक्तिगत लगानि बाट गरियको यस्तो सहयोग प्रति धन्यावाद दिएका छन् । 

जितेबजारमा रहेको एक मात्र फेरिलाई बर्खाको समयमा नदिले बगायर लियको छ । कर्णाली करिडोरको विभिन्न ठाउमा सडक भत्केका कारण यात्रुहरुले सास्ति भोग्ने गरेका छन् ।      

जिल्लाको सान्तिघाट र फुगाडमा कर्णाली करिडोरनै ध्वस्त पारे पछि अहिले कर्णाली करिडोरको बाटो अहिले अस्तव्यस्त बनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर