राखी शावन्तको खुलासा : स्लिम–ट्रिम देखिन सेलिब्रेटी ड्रग्स लिन्छन्, मलाई पनि वजन घटाउन दिएका थिए यही सुझाव

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा ड्रग्सको केसले निकै चर्चा पाएको छ । बलिउडका स्टार दीपिका पादुकोण , श्रद्धा कपुर लगायत कलाकारको नाम पनि यसमा जोडिएको छ । 

यसै क्रममा अभिनेत्री राखी शावन्तले दैनिक भास्करसँग कुरा गदै बलिउडका केही खुलासा गरेकी छन् । राखीले बताए अनुसार बलिउड कलाकार स्लिम–ट्रिम रहन अलग–अलग प्रकारको ड्रग्स लिन्छन् । यो केवल बलिउडको घटना मात्र होइन देशभर अवस्था यस्तै छ । उनलाई पनि वजन घटाउनको लागि ड्रग्स लिन सुझाव दिएका थिए । 

उनले भनिन्– म यस उद्योगमा १५ वर्षदेखि जोडिएको छु । मैले धेरै देखेको छु अभिनेता अभिनेत्री आफुलाई ग्ल्यामरस राख्नको लागि ड्रग्स दिन्छन् । बलिउडका धेरै कलाकार वीड ( ड्रग्सको एक प्रकार) लिन्छन् जसको प्रयोगले भोक कम लाग्छ । यस क्षेत्रमा टिक्नको लागि ग्ल्यामरस हुनु आवशयक हुन्छ जसको लागि उनीहरु ड्रग्स प्रयोग गर्छन । 

केही वर्ष अगाडी म धेरै मोटाएको थिएँ । मलाई नै थाहा नै थिएन म कसरी मोटाइ रहेको छु । म यस कुरामा दिक्क थिएँ । पछि बलिउडका केही कलाकारले वजन घटाउनो लािग ड्रग्स प्रयोग गर्न सल्लाह दिएका थिए । जुन सामान्य प्रकारको ड्रग्स हुन्छ भन्दै सुझव दिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर