बाँकेमा कोरोना संक्रमित ५२ वर्षीय पुरुषको मृत्यु

बाँके । बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।  

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो। अस्पतालका अनुसार संक्रमितलाई निमोनिया र उच्च रक्तचापको समस्या पनि रहेको थियो। 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर