• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

डोटीमा टेलिकमको एफटीटीएच सेवा सुरु

डोटी। नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटीटीएच अर्थात् फाइबर टु द होम सेवा सुरु भएको छ।

जिल्लामा पहिलोपटक उक्त सेवा सुरु गरिएको हो। सेवा सुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न थालेको नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ।

अहिलेसम्म जिल्ला सदरमुकाम सिलगढीमा १७८ तथा पिपल्ला र राजपुर बजारमा २५४ गरी कूल ४३२ ग्राहकले एफटीटीएच सेवा जडान गरेका छन्।

यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा उक्त सेवा जडान गर्ने कार्य सुरु गरिएको हो।

उक्त फाइबर टु द होम अर्थात् एफटीटीएच सेवाअन्तर्गत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुतगतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने नेपाल टेलिकम दिपायलले जनाएको छ। यतिमात्र नभई उक्त सेवाबाट टिभीसमेत चलाउन मिल्ने बनाइएको छ। यसअघि यो सेवा काठमाडौंमा मात्रै सुरु गरिएको भए पनि पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा विस्तार गर्न थालिएको छ।

नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजसमेत उपलब्ध गराइरहेको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर