• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

स्वारेज पत्नी सोफी बाल्बीलाई मेसी पत्नी एन्टोनेल्लाको भावुक पत्र

एजेन्सी । स्पेनि अनलार्यन मार्काले बार्सिलोनाका कप्तान लियोनल मेसीको पत्नी एन्टोनेल्ला रोकुजोले लुईस स्वरेजकी पत्नी सोफी बाल्बीलाई भावुक पत्र पठाएको समाचार छापेको छ । मार्काको अनलाईन संस्करणमा एन्टोनेल्लाले आफ्नो ईन्स्टाग्राममा शेयर गरेका केही भनाई र चार तस्वीरहरुलाई आधार मानेर यो खबर सार्वजनिक गरेको हो । 

मेसी र स्वारेजको मैदानमा मात्र होइन बाहिर पनि घनिष्ट सम्बन्ध थियो र त्यो उनीहरुमा मात्र सिमित थिएन परिवारका सदस्यहरुबा बीचमा पनि थियो भन्ने यो बलियो प्रमाण हो । मेसी र स्वरेज जस्तै उनीहरुका श्रीमतीहरु र छोराछोरीहरु पनि मिल्ने साथी वा एक्कै परिवारका सदस्य जस्तै थिए । 

क्याटालोनियामा मेसीको घर नजिकै स्वारेज बस्थे । उनीहरु धेरै जस्तो भ्याकेशन र पार्टीहरुमा संगै समय बिताउथे । 

स्वारेज बार्सिलोना छोडेर एथ्लेटिको मड्रिड जाने भएपछि उनको परिवार पनि स्पेनको राजधानि मड्रिड सर्न लागेको हो । यसरी छुट्नु परेको अवस्थालाई एन्टोनेल्लाले भावुक तरिकाले लेखेकी छन् ।

'बोलु मेरो साथी, मेरी दिदी/बहिनी... हामीले धेरै वर्ष संगै वितायौं, यसका लागि धन्यवाद छ । तिमी हाम्रा लागि परिवार जस्तै नै हो । तिमी र तिम्रो सुन्दर परिवारलाई हामी कति सम्झना गर्नेछौं भन्ने कुरा म अहिले भन्न सक्दिन । यो सवै चिजका लागि धन्यवाद । मलाई आशा छ, समयले हामीलाई फेरी पनि संगै समय बिताउने अवसर दिनेछ । हामी छिट्टै भेट्ने आशा गरेको छु । तिमी र तिम्रो परिवारलाई धेरै धेरै मायाँ । तिमीहरुको नयाँ कदमका लागि शुभकामना ।' 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर