• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बदेलको मासुसहित दुई जना पक्राउ

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट जंगली बदेल मारेर मासु किनबेच गरिरहेको अवस्थामा सेनाले भीमदत्तनगरपालिकाका दुई युवकलाई शुक्रबार पक्राउ गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भीमदत्तनगरपालिका– १९ बाघफाँटाबाट बदेललाई पासोमा पारी बेदकोट नगरपालिकाको सुडा स्थित रतुल काठ मिलमा ल्याई उक्त बदेललाई काटी मासु वितरण गरि रहेको अवस्थामा निकुञ्ज सुरक्षार्थी खटिएको सेनाको देवीदल गण मझँगाउ व्यारेकको टोलीले बेदकोट नगरपालिका– ७ का ३६ बर्षीय पुष्कर विष्ट र २१ बर्षीय ज्ञानेन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।

बदेल मारेर बिक्री गरिरहेको गोप्य सुचनाका आधारमा देवी दल गणबाट सह–सेनानी सन्देश विक्रम सेन वलीको कमाण्ड खटिएको टोलीले ५० किलो मासु सहित युकद्धयलाई पक्राउ गरेको सेनाले जनाएको छ । सैनिक टोलीले मध्यवर्ती क्षेत्रमा पर्ने उक्त घटनास्थलमा वन डिभिजन र प्रहरीको टोलीलाई अयिभुक्त जिम्मा लगाएको सेनाले जनाएको छ ।

उक्त काटेको बदेंलको मासु अवैध व्यापारको लागि ल्याएको अभियुक्तहरुले प्रारम्भिक बयानमा स्वीकार समेत गरेका छन् । केही दिनअघि पनि सेनाको टोलीले भीमदत्तनगरपालिका–१५ बाट बदेलको मासुसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर