• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कविताः चाहियो न्याय निसाफ

कति सहनु पर्नं हो नेपाली जनताले अन्यायअत्याचार।
अब त बन्दुक नै पडकाउन पर्ने  आउन थाल्यो विचार।१।

आश्वासनका गुलिया मिठाईहरु पटक  पटक  खाइयो।
भरिपूर्ण स्वर्गीय सन्सार  भनेको   नेपाल  पनि पाइयो।२।

राणा, निर्दल पञ्च काङ्ग्रेस सबले अति सार्है गरे।
दुईतिहाईका कम्युनिस्टले त भुडी  फुटुन्जेल  भरे।३।

निचोरेर रसभरि निल्नुसम्म निले खोक्रा पनि।
अझै पनि झुक्किदैछौ यिनका मिठा कुरा अनि।४।

के यिनले खाएनन  औषधि र कात्रोमा भ्रष्टाचार ।
पापधर्म छैन यिनलाई देशद्रोही बने यिनी कुलङघार।५।

छोरानाति नातागोता  पुग्ने सम्म लुट्ने यिनको खेल।
विचरा जनतालाई खोक्क्रा सपनाका जहाज र रेल।६।

कोरोनाको कहरले   आकुलव्याकुल  छन्   जनता ।
बालुवाटारबाट  हेरेका छन्  लाज पचाई रमिता ।७।

जहिले पनि जनतालाई  समस्या  छ गास बास कपास।
पापीहरुलाई  हेर्न  पर्ने जनताको दुस्खको तमासा।८।

ईश्वर, देवता कता छन् के सोचेका होलान् ।
सद्बुद्दि कहिले  आउला अनि सचेत  बन्लान।९।

शहिद्को रगतमा खेलेका छन्यी  नेताहरु होली।
१४ वर्ष जेलजीवनका हाम्रा प्रधानमन्त्री  ओली।१०।

भागबन्डामा रमाएको नेपालको राजनीति ।
जताततै  रहेको  छ  त अस्तब्यस्त बेथिति।११।

भ्रष्ट  र लाचारीले गरे  सत्ताको अति नै  दुरुपयोग ।
गर्नै नहुने काम गरी देखाएका छन् नाङ्गो रुपको योग।१२।

नेपालको राजनीति  हाडिगाउँको जात्राजस्तो   भयो।
के यस्तो  भोग्नु पर्यो  निल्नु न ओकेल्नु  हुन गयो।१३।

बारम्बार  आन्दोलनमा  भन्यौं हाम्ले अन्तिम लडाइँ।
फेरि  पनि  समाउनु पर्ने  हो र  बन्दुक  हान्नलाई।१४।

गोविन्द  र कुलमानहरु रास्ट्रप्रेमी आशाका दियालो ।।
देश  स्वर्ग नै हुन्थ्यो नि त चमकत्कारी   उज्यालो ।१५।

अब बनाउन  दिने होइन यो देशलाई निजी  सम्पत्ति।
हातमा हात समाई उठ्नु पर्छ तब मात्र  हुन्छ प्रगति ।१६।

नेपाली जनताले राखेका छन् एक एक  हिसाब ।
कुनैदिन पाउला  भनी  न्याय र निसाफ।१७।

राजेन्द्र  पन्थी, बुटवल/रुपन्देही
(हालः भर्जिनिया, अमेरिका)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर