• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

धुम्वाराहीमा अनेरास्ववियूको रक्तदान

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट(नेकपा) निकट अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६० जना रक्तदाताले रक्तदान गरेका छन् । शनिबार विहान नेकपा मुख्यालय धुम्वाराहीको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा सामाजिक दुरी कायम गरी रक्तदान गरिएको आयोजकहरुले वताएका छन् ।

अनेरास्ववियूका पुर्व अध्यक्ष समेत रहेका नेकपा केन्द्रीय सदस्य हिमाल शर्माले रक्तदान गरेर कार्यक्रमको शुरुआत गरेका थिए । कोभिड १९ को महामारीका कारण रक्तसञ्चार सेवामा रगतको अभाव महसुस गर्न थालिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको अनेरास्ववियूका काठमाडौं जिल्ला संयोजक कृष्ण थापाले जनाए ।

रक्तदान कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ , सुरेन्द्र बस्नेत , उत्तम अधिकारी , इन्द्र भुषाल , सुदेश पराजुली , आरती लामा , पवन कार्की लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर