गण्डकी प्रदेशमा १३ संक्रमित थपिए

काठमाडौं । गण्डकी प्रदेशमा १३  कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६७३  पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार कास्कीका सात तथा तनहुँ र लम्जुङका तीन/तीन जना कोरोना सङ्क्रमित थपिएका छन । कोरोना सङ्क्रमणका कारण प्रदेशमा हालसम्म ३३ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये दुई हजार ५५४ जना निको भएका छन् भने एक हजार ८६ जना सक्रिय सङ्क्रमित छन् । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर