• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

मेस्सीको गोलसँगै बार्सिलोनाको सुखद् सुरुवात

एजेन्सी । बार्सिलोनाले स्पेनिस लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ । लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेको खेलमा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले सहज जित सहित ला लिगाको नयाँ सिजनको सुरुवात गरेका हुन् ।

बार्सिलोनाका जितमा अंशु फातीले उत्कृष्ट प्रर्दशन गरे । उनले दुई गोल गरे । उनी यसै सिजन पूर्णकालिन रुपमा सिनियर टिममा समावेश भएका हुन् ।

अंशु फातीले १५ औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए । जोर्डी अल्बाले उपलब्ध गराएको पासमा फातीले पहिलो गोल गरेका थिए ।

त्यसको चार मिनेपछि फिलिप कौटिन्होको पासमा फातीले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।३५ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा टोरेसले आत्मघाति गोल गरेपछि बार्सिलोना दोस्रो हाफ खेल्नु अघिनै ४–० को सहज अवस्थामा पुगिसकेको थियो ।


भिल्ला रियलले खेलमा बिरलै आक्रमण बुन्यो । खेलको अन्तिम मिनेटमा उसले बार्सिलोनाको पोस्टमा गतिलो प्रहार गरेको थियो ।

मेस्सी ला लिगाका फरक १७ सिजनमा गोल गर्ने छैटौ खेलाडी बने । शनिबार मात्र रियल मड्रिडका सर्जियो रामोसले सो सफलता हात पारेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर