• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 06:56 pm

आँखा फुटाइएको र कान काटिएको अवस्थामा महिलाको शव फेला

सप्तरी । घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ ।

परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा घर–आँगनमै ५० वर्षीया दयामनदेवी यादवको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले हत्या भएको अवस्थामा महिलाको शव फेला परेकाले घटनाको अनुसन्धान भइरहेको बताए।

घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेश सिंह स्वयम् पुगेको जानकारी दिँदै प्रहरी उपरीक्षक धमलाले घटनाको अनुसन्धानमा सङ्घीय प्रहरी र प्रदेश प्रहरीले समेत सहयोग गरिरहेको जानकारी दिए।

सोमबार प्रदेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट आएको टोली घटनास्थल पुगेको छ । शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण गरिएको छ ।

गाउँदेखि अली फरकमा रहेको घरमा एक्लै बस्दै आएकी उनको घाँटी डोरीले बाँधेर दबाइएको, आँखा फुटाइएको र कानसमेत काटिएकाले कर्तव्यबाटै हत्या भएको ठहरका साथ प्रहरी अनुसन्धानमा जुटेको प्रहरी उपरीक्षक धमलाले बताए।

मृतकको हत्या भएको भन्दै उनका श्रीमान शिवनारायण कौडगिया यादवले सामान्य उजूरी दिएको जानकारी दिँदै प्रहरीले हत्याका आरोपित यकिन भएपछि पुनःकर्तव्य ज्यानको उजूरी लिने जनाएको छ। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश १ मा २८७ जना कोरोना संक्रमित थपिए (विवरणसहित)

  • १८ मङ्सिर, २०७७

झापा । प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २,

मेचीनगर नगरपालिकाकी उपप्रमुख सवार गाडीमा आक्रमणको प्रयास

  • १८ मङ्सिर, २०७७

झापा । अज्ञात समूहले  झापाको मेचीनगर नगरपलिकाकी उपप्रमुख चढेको गाडीमा आगो लगाउने प्रयास गरेका छन् ।   उपप्रमुख मीना उप्रेती चढेको मे १ झ १७२ नंं

आठ उद्योगको उत्पादन रोक्का, एकको फुकुवा

  • १८ मङ्सिर, २०७७

कैलाली ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको