आर्थिक संकट : ठेलामा राखेर घाट पुर्याइएको थियो अभिनेत्री विमीको शव ,सडकमा भिख माग्दै थिए अन्तरा मालीका पिता

एजेन्सी । चर्चित गीतकार अभिलाष लामो सकयदेखि बिरामी थिए । उनको आइतबार राती मुम्बईमा निधन भयो । लिभर क्यान्सर भएका उनी करिब १० महिनादेखि ग्रस्त बिरामी थिए । अभिलाषको गीत ‘इतनी शक्ति हामे देना दाता’ को चिनिने गरिन्छ । 

अभिलाष लगायत बलिउडमा यस्ता धेरै कलाकार छन् । जसले जीवनका अन्तिम समयमा आर्थिक संकटको सामना गनु परेको छ । उमेरमा उनीहरुसँग पैसा नाम सबै थियो तर अन्तिम समयमा आर्थिक संकटको कारण घरमा रहेको शवलाई उठाउन पनि निकै कष्ट भएको थियो । 

यस्तै केही कलाकार 
महेश आन्नद


फिल्म ‘बादशाह’, ‘मजबुर’, ‘थानेदार’,‘विश्वात्मा’, ‘खुद्दादर’ लगायतका फिल्ममा अभिनय गरेर नाम कमाएका कलाकार महेश आफ्नै घरमा मृत भेटिएका थिए । उमेरमा उनले धेरै फिल्ममा काम गरे । उमेर बढ्दै गएपछि उनले काम पाउँनै छाडे । जसको कारण उनी डिप्रेशनको सिकार भए । उनको आर्थिक अवस्था निकै कम्जोर थियो जसले गर्दा उनी एक्लै बस्थे । अन्तिममा उनी मृत भेटिए ।

गीता कपुर


‘ पाकिजा’ फिल्म जस्ता चर्चित फिल्ममा काम गरेकी गीता कपुरको निधन सन् २०१८ मे २६ मा भएको हो । गीताले आफ्नो जीवनको अन्तिम समय निकै कष्टपूण तरिकाले बिताएकी थिइन् । उनको सन्तानले नै उनको साथ छोडेका थिए । गीताको कोरियोग्राफर छोराले उनलाई अस्पतालमा छोडेर भागेका थिए । गीतासँग उपचारको लागि पैसा थिएन । अशोक पण्डित लगायत बलिउडका कलाकारले उनलाई सहयोग गरेका थिए । 

विमी


सन् १९६७ मा रिलिज भएको सुनिल दत्त स्टार फिल्म ‘हमराज’ बाट उनले बलिउडमा डेब्यु गरेकी थिइन् । उक्त फिल्म निकै हिट भयो । जसको कारण विमीलाई एकैपटक १० फिल्मको अफर आएको थियो । स्टार बनेको १० वर्षमा नै उनको मृत्यु भयो । भनिन्छ, उनलाई निकै संकटमा परेको थियो । जसको कारण कमाएको सम्पति सबै सक्किएको थियो । त्यसैले एक चिया पसलेले उनको शवलाई ठेलामा राखेर घाटमा पुर्याएका थिए । 

जगदिश माली

अन्तरा मालीका पिता फोटोग्राफर जगदिश मालीलाई जीवनको अन्तिम समयमा सडकमा भिख माग्दै गरेको देखिएको थियो । उनलाई चिन्ने कलाकारले खाना खुवाएर घरमा पुर्याउने गरेका थिए । उनी आर्थिक रुपमा मात्र होएन मानसिक रुपमा पनि संकटमा थिए । उनको मृत्यु सन् २०१३ मे १३ मा भएको हो । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर