• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

आजको राशिफल : असोज १३ गते मंगलबार विषेश

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । ज्ञानमा वृद्धि हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ , तर आफन्तको सहयोग मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज लाभ,हानी, आय,व्यय, सुख,दुःख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
टाढिएका मित्रसँग नजिकिने समय छ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । बुद्धिको उपयोग गर्नाले कार्य सम्पादन हुन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म, कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक नहोला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर