• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विश्वमा एकैदिन दुई लाख २८ हजार ५ सय ३६ जनामा संक्रमण,३ हजार ७ सय ८० जनाको मृत्यु

काठमाडौं । विश्वमा एकैदिन दुई लाख बढी मानिसहरुमा कोरोना संक्रमण देखिएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन दुई लाख २८ हजार ५ सय ३६ जनामा संक्रमण देखिएको हो । 

यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ३५ लाख ४१ हजार ७ सय ३ पुगेको छ । 

त्यस्तै कोरोना संक्रमणबाट एकैदिन  ३ हजार ७ सय ८० जनाले ज्यान गुमाएका छन् । यसरी कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ६ हजार २ पुगेको छ ।

त्यस्तै संक्रमित  दुई करोड ४८ लाख ६८ हजार ५ सय ६७ जना उपचारपछि निको भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर