• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

एजेन्सी । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन्। १२ पटकका विजेता नाडालले बेलारुसका इगोल गेरासिमोभलाई पराजित गरेर दोस्रो चरणमा स्थान बनाएका छन् ।

३३ वर्षका नाडालले इगोरलाई दुई घण्टा पाँच मिनेटको खेलमा ६–४, ६–४ र ६–२ को सेटमा पराजित गरेका हुन्।

युएस ओपन च्याम्पियन डोमिनिक थिएम पनि दोस्रो चरणमा प्रवेश गरेका छन् । क्रोएसियाका मारिन सिलिकलाई ६–४, ६–३ र ६–३ को सेटमा पराजित गरेर थिएमले दोस्रो चरणमा स्थान बनाएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर