• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

यो वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द

काठमाडौं । विवाद उत्पन्न भएपछि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरेको छ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्तिमार्फत् भनेका छन्, “यो वर्ष पुरस्कार घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरूको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा सोमबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ।”

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने जारी गरेको विज्ञप्तिमा अघि भनिएको छ, ‘यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दुःखी छौँ, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने कदापी थिएन । सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।’

प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार र २०६७ सालदेखि नियमित रूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर