२३ वर्षपछि छाब्दी मार्गमा कालोपत्रे

तनहुँ। तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्ग करिब २३ वर्षपछि कालोपत्रे गरिएको छ।

उक्त मार्गअन्तर्गत व्यास नगरपालिका(१ स्थित गल्बुबेसी सडक खण्डमा कालोपत्रे गरिएको हो। 

२०५४ सालमा ट्र्याक खोलिए पनि हाल नगरपालिकाको आर्थिक सहयोगमा उक्त मार्गमा कालोपत्रे गरिएपछि त्यस क्षेत्रको मुहार फेरिएको छ।

नगरपालिकाको ११ लाख रूपैयाँ र जनसहभागिता लागत पाँच लाख गरी १६ लाखको लागतमा उक्त मार्गमा कालोपत्रे गरिएको पुरानो छाब्दीमार्ग कालोपत्रे निर्माण उपभोक्ता समितिका अध्यक्ष रामराज अधिकारीले जानकारी दिए। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर