९३ औं अस्कर अवार्डका लागि खुल्यो आवेदन

काठमाडौं । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३ औं अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करको प्रतिस्र्धामा सामेल हुन इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो फिल्म नेपालको अस्कर कमिटीलाई बुझाउन आह्वान गरेको छ ।

यसअघि फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड कोरोना महामारीका कारण दुई महिना पर सारिएको थियो  । नयाँ मिति अनुसार अस्कर अवार्ड अप्रिल २५ का दिन आइतबार लसएञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । 

अघिल्ला वर्षहरुमा कुनैपनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर