ड्रग्स च्याट : ‘माल’ को अर्थ ड्रग्स होइन ‘सिगरेट’ हो – दीपिका पादुकोण

एजेन्सी । अभिनेता सुशान्तको आत्महत्या प्रकरणमा सार्वजनिक भएको ड्रग्स केसमा अभिनेत्री दीपिका पादुकोण पनि परेकी छन् । ड्रग्स च्याट सार्वजनिक भएपछि  नार्कोटिक्स विभागको चंगुलमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणले आफूले च्याट गरेको स्वीकार गरेकी छन्। तर, आफूले च्याटमा ‘माल’ भनेको ड्रग्स नभएर ‘सिगरेट’ भएको बताएकी छन् । 

भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्केटिक्स विभागसँगको बयानमा दीपिकाले माल भनेको सिगरेट भएको बताएकी छन्। विभागका अधिकारीहरुले उनीसँग २०१७ को च्याटका विषयमा प्रश्न गरेका थिए। उनीहरुले माल भनेको के हो भनेर सोधेपछि दीपिकाले यस्तो जवाफ दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

च्याट सार्वजनिक भएपछि श्रद्धा कपूर, रकूल प्रितसमेत ड्रग्स केसमा तानिएका छन्। उनीहरुमाथि पनि नार्कोटिक्स विभागले अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर