• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ब्रोइलर कुखुरालाई यसरी रंग लगाएर लोकल कुखुरा भन्दै बेचियो [फोटोफिचर]

काठमाडौं । काठमाडौंको कंलकीमा बोईलर कुखुराको चल्लालाई कालो रातो मेहेन्दी र अन्य रङ्ग लगाएर लोकल भन्दै महंगोमा विक्री गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । बोईलर कुखुरालाई मेहँन्दी लगाएर विभिन्न किसिमको कृतिम रङ्ग लगायदै  लोकल बनाउदै बिक्री गर्दै आएका भारती नागरिकहरूलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको हो ।  

सेतो चल्लालाई कालो रातो रङ्ग लगाउदै गर्दा  काठमाडौं कंलकी क्षेत्रबाट प्रेम सिला देवी जैसवाल, वकिल खान,सुनिता जैसवाल,चन्दा देवी शाह पक्राउ परेका छन् ।  करिव अन्दाजी  २० हजार गोटा तयारी तथा रङ्ग लगाउन बाकी चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी अपिल राज बोहराले बताए ।

बोईलर भन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा विक्रि हुने भएकाले फाईदाका लागि यस्तो काम गरिएको देखिएको उनले बताए । उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्र लोकल,गिरिराज,कोईलर भन्दै १० रूपयामा गरिद गरि ल्याएको चल्ला दुई सय देखि ३ सय सम्म विक्रि  वितरण गर्दै आएको पाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर