• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नयाँ नक्सा समेटिएको पुस्तक बितरणमा रोक लगाइको भन्दै विरोध

काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा समेटिएको पुस्तक बितरणमा रोक लगाएको भन्दै नेविसंघ सिटिइभिटी केन्द्रीय समन्वय समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 
नेपालले नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गरिसकेको र संविधानमा समेत नयाँ नक्सा समेटिसकेको अवस्थामा सरकारले भने नयाँ नक्सा सहितको पुस्तक बितरणमा रोक लगाएको भन्दै समितिले काठमाडौंको माइतिघरमा प्रर्दशन गरेको हो । 

उनीहरुले कागजमामात्र नभइ वास्तविक रुपमै आफ्नो भूमि फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताए । कालापानी, लिपुलेक लिम्पीयाधुरा हाम्रो हो, वास्तविक सिमाना वास्तवमै फिर्र्ता गर लगाएका प्लेकार्ड बोकी बिद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । समितिले मुलुकमा हिंसा हत्या बलात्कारका घटनाहरु नरोकिएको भन्दै सरकार जनताको पक्षमा कमजोर देखिएको आरोप लगाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर