• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

धुर्मुस सुन्तली फाण्डेशनलाई भरतपुर महानगरको ५० लाख सहयोग

चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि ५० लाख सहयोग गरेको छ । मंगलबार महानगरको कार्यालयमा महानगरकी मेयर रेणु दाहालको उपश्थितिमा फाउण्डेशनका अध्यक्ष सिताराम भट्टेल धुर्मुसलाई सो रकमको चेक हस्तान्तरण गरिएको उनको सचिवालयले जनाएको छ । 

कोरोना भाईरस ९कोभिड १९ महामारीको कारणले गत २०७६ साल चैत्र ९ गते देखी स्थगित रहेको गौतम बुद्घ अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य २०७७ साल बैशाख २० गते देखी आंशिक रुपमा सञ्चालनमा रहेको छ । रंगशाला निर्माण अभियानको शुरुवात देखी मिति २०७७ साल जेष्ठ २५ गते बाट भएको हो । 

फाउण्डेशनले यस विसम परिस्थितिमा पनि रंगशाला निर्माणको अभियानमा स्वदेश तथा विदेशमा रही साथ सहयोग गर्ने सवैलाई धन्यवाद दिएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर